संयम र धैर्यताका साथ जन स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्नुहोला : प्रधानमन्त्री देउवा

काठमाडौं ७ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोडिभ -१९ को संक्रमण फैलिईरहेको भन्दै संयम र धैर्यताका साथ जन स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न आग्रह गरेका छन्।

शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सरकारले जारी गरका स्वास्थ्य सुरक्षाका मापदण्डको संयम र धैर्यताका साथ पालना गर्दै कोरोना रोकथाम, नियन्त्रण, निदान र उपचारमा सरकारलाई सहयोग गर्न आग्रह गरेका हुन् ।

विश्व कोभिड १९ महामारीको प्रथम, दोस्रो र तेस्रो लहरबाट आक्रान्त भएको छ। हामी पनि संक्रमणको उच्च जोखिममा रहेकाले आर्थिक तथा सामाजिक क्षेत्रमा गम्भिर प्रभाव पर्न गएको छ। ‘ उनले सम्बोधनका क्रममा भनेका छन्, ुसंकुचित रहेका आर्थिक तथा सामाजिक क्रियाकलापहरू मेरो नेतृत्वको सरकारले कार्यभार सम्हालेपछि सुचारु भएका थिए। तर, केही दिनदेखि कोभिड १९ को नयाँ स्वरुपको संक्रमणकोउच्च जोखिमले नागरिकको जीवन रक्षामाथि पुनः चुनौती थपेको छ। हामी सबै मिलेर आर्थिक तथा सामाजिक क्रियाकलापमा कम असर पर्ने गरी यस रोगको नियन्त्रण गर्नु छ।’

सम्बोधन

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *