कोरोनाले स्थगित भएको विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षा २१ र २२ माघमा हुने

काठमाडौँ, ६ माघ । नेपाल मेडिकल काउन्सिलले गत ३० पुसमा सूचना जारी स्थगित गरेको स्नातकोत्तर तहको विशेष परीक्षा (विशेषज्ञ चिकित्सक लाइसेन्स परीक्षा) आगामी २१ र २२ माघमा गर्ने भएको छ ।

स्थगित गर्नु अघि तय गरिएको तालिका भन्दा एक साता पछि गर्ने गरी काउन्सिलले विहीबार नयाँ तालिका सार्वजनिक गरेको छ ।

कोरोनाको बढ्दो संक्रमण र आफ्ना पदाधिकारी तथा कर्मचारीमा समेत कोरोना संक्रमण देखिएको भन्दै काउन्सिलले गत १४ र १५ माघ का लागि तय गरेको परीक्षा ३० पुसमा सूचना जारी गर्दै स्थगित भएको बताएको थियो ।

विहीबार सार्वजनिक सूचना अनुसार परीक्षामा सहभागीता जनाउन चाहनेले आगामी ७ माघ शुक्रबार (भोलि)सम्म दोब्बर दस्तुर तिरेर फारम भर्न सक्ने उल्लेख छ । यसअघि आवेदन भरिसकेकाहरुले भने पुन फारम भर्न नपर्ने स्पष्ट पारिएको छ ।

परीक्षा इन्जिनियरिङ अध्ययन् संस्थान पुल्चोकमा हुने बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *