स्वास्थ्य मन्त्रालयका ‘गुनासो अधिकारी’लाई तालीममा पठाइयो

1.1k
Shares
डा. भक्तबहादुर केसी

काठमाडौँ, २ भदौ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका गुनासो अधिकारी डा. भक्तबहादुर केसीको सरुवा भएको छ ।

बरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा. केसीलाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले गत २२ साउनमा मन्त्रीस्तरीय निर्णय गर्दै राष्ट्रिय स्वास्थ्य तालीम केन्द्रमा सरुवा गरेकी हुन् ।

यसअघि तत्कालीन स्वास्थ्य मन्त्री प्रदीप पौडेलले उनलाई मन्त्रालय ल्याएका थिए । मन्त्रालयमा उनलाई गुनासो सुन्ने तथा सूचना अधिकारीको जिम्मेवारी दिएर राखेको थियो । बरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा केसीको पछिल्लो पटकको ओएनएममा मन्त्रालयमा दरबन्दी काटिएपछि विभाग पठाइएको हो ।

यसअघि मन्त्री मेहताले परिवार कल्याण महाशाखाका निर्देशक डा. मदनकुमार उपाध्यायलाई बीर अस्पताल पठाउँदै उनको ठाउँमा भरतपुर अस्पातालका अर्थोपेडिक सर्जन डा. ओम अर्याललाई ल्याउने निर्णय गरेकी थिईन ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *