चौबिस घण्टामा थप ४ हजार ६३६ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

काठमाडौँ, १ माघ। पछिल्लो चौबिस घण्टामा देशभर ४ हजार ६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप ३५० जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार पीसीआर र एन्टीजेन गरी १४ हजार ५५६ वटा नमुना परीक्षण गर्दा ४ हजार ६३६ जनाको रीपोर्ट पोजेटिभ आएको हो ।

उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १ हजार ५९१, भक्तपुरमा १४२ र ललितपुरमा ४८६ जना गरी काठमाडौँ उपत्यकामा २ हजार २१९ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ५८४ रहेको छन् । जसमध्ये संस्थागत आइसोलेसनमा १ हजार ४८ र होम आइसोलेसनमा २० हजार ५३६ जना रहेका छन् ।

त्यस्तै आइसीयूमा १ सय १९ जना भेन्टीलेटरमा २६ जना संक्रमति उपचाररत छन् । आज कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय १७ पुगेको छ ।

त्यस्तै आज थप ४ लाख ३५ हजार १९३ जनाले कोरोना बिरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *