सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको निमित्त निर्देशकको जिम्मेवारी डा जगदीश जोशीलाई

528
Shares

काठमाडौँ, १ पुस ।सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको निमित्त निर्देशकको जिम्मेवारी डा जगदीश जोशीले पाएका छन् । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले शुक्रबार सचिवस्तरीय निर्णय गर्दै डा जोशीलाई प्रदेश स्वास्थ्य निर्देशनालयको निमित्त निर्देशक बनाएको हो ।

डा जोशी यसअघि सामाजिक विकास मन्त्रालय र सेती अस्पताल धनगढीमा कार्यरत थिए ।

पूर्व निर्देशक डा गुणराज अवस्थीले १८ पुसमा अनिवार्य अवकाश पाएपछि सुदूरपश्चिमको प्रदेश स्वास्थ्य निर्देशनालय खाली थियो ।

‘कोरोनाको पहिलो वेव सम्म सेती अस्पतालमा काम गरेको थिएँ, त्यसपछि सामाजिक विकास मन्त्रालय र अस्पतालमा काम गरेँ । अब फेरी नयाँ जिम्मेवारी प्राप्त गरेको छु । त्यसलाई पनि जिम्मेवारी वोधका साथ काम गर्नेछु,’ डा जोशीले भने ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *