सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको निमित्त निर्देशकको जिम्मेवारी डा जगदीश जोशीलाई

काठमाडौँ, १ पुस ।सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको निमित्त निर्देशकको जिम्मेवारी डा जगदीश जोशीले पाएका छन् । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले शुक्रबार सचिवस्तरीय निर्णय गर्दै डा जोशीलाई प्रदेश स्वास्थ्य निर्देशनालयको निमित्त निर्देशक बनाएको हो ।

डा जोशी यसअघि सामाजिक विकास मन्त्रालय र सेती अस्पताल धनगढीमा कार्यरत थिए ।

पूर्व निर्देशक डा गुणराज अवस्थीले १८ पुसमा अनिवार्य अवकाश पाएपछि सुदूरपश्चिमको प्रदेश स्वास्थ्य निर्देशनालय खाली थियो ।

‘कोरोनाको पहिलो वेव सम्म सेती अस्पतालमा काम गरेको थिएँ, त्यसपछि सामाजिक विकास मन्त्रालय र अस्पतालमा काम गरेँ । अब फेरी नयाँ जिम्मेवारी प्राप्त गरेको छु । त्यसलाई पनि जिम्मेवारी वोधका साथ काम गर्नेछु,’ डा जोशीले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *