यस्तो छ एमालेले कोरोनाका सन्दर्भमा प्रधानमन्त्रीलाई बुझाएको २२ बुँदे ध्यानाकर्षण पत्र

काठमाडौँ, १ माघ । कोभिड संक्रमणले तिब्रता लिईरहेकोबेला नेकपा एमालेको प्रतिनिधि मण्डलले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटि २२ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।

उपाध्यक्ष सुवाशचन्द्र नेम्वाङको नेतृत्वमा आज बालुवाटार पुगेको प्रतिनिधि मण्डलले पार्टीको स्वास्थ्य तथा जनसंख्या विभागले तयार पारेको ध्यानाकर्षण पत्र वुझाएको हो ।

सो अवसरमा आफू सरकारमा रहेका बखत कोभिड नियनन्त्रणमा गरिएका नीतिगत व्यवस्थाबारे समेत स्मरण गराएका थिए । प्रतिनिधि मण्डलमा उपाध्यक्ष नेम्वाङ, स्वास्थ्य विभाग प्रमुख योगेश भट्टराई , पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारी , कृष्णगोपाल श्रेष्ठ, विशाल भट्टराई कृष्ण राई, सरिता न्यौपाने लगायत थिए ।

यस्तो छ २२ बुँदे सुझाव
१. ​जनस्वास्थ्यको मापदण्डलाई लागू गर्न व्यापक जनचेतना र प्रचार अभियान संचालन गर्ने ।
२. ​खोपकेन्द्रको संख्या बृद्धि गरी सबै उमेर समूहका नागरिकहरूलाई तत्काल खोप उपलब्ध गराउने । राज्यका निकाय र कुटनीतिक क्षेत्रको सक्रियता बढाउने र खोपको आपूर्ति तथा प्रयोगको प्रबन्ध मिलाउने र पर्याप्त भण्डार केन्द्र स्थापना गर्ने ।
३ . ​तीनै तहका सरकारको समन्वयमा कोभिड–१९ बिपत व्यवस्थापन कार्य संचालन गरी सीमा क्षेत्रमा जाँच र होल्डिंग सेन्टरको तुरुन्त व्यवस्थापन गरी संचालन गर्नुपर्ने ।
४. ​थप स्वास्थ्य जनशक्ति परिचालन गरी उनीहरूलाई प्रोत्साहन प्याकेजको व्यवस्था गर्ने । साथै अग्रभागमा क्रियाशील जनशक्ति तथा स्वयंसेवकका लागि प्रोत्साहन प्याकेजको व्यवस्था गर्ने ।
५.  ​स्थानीय तह र स्थानीय स्वास्थ्य इकाइसम्म स्रोतसाधन र जनशक्ति पर्याप्त मात्रामा उपलब्ध गराउने ।
६.  ​राज्यको सबै संयन्त्र तथा राजनीतिक दलका बीचमा समन्वयात्मक परिचालन गर्नुपर्ने ।
७.  ​समर्पित अस्पतालको व्यवस्था गर्नुपर्ने । सरकारी तथा निजी अस्पताल र मेडिकल कलेजको समन्वयात्मक परिचालन गर्नुपर्ने ।
८.  ​पालिकास्तरमा जनस्वास्थ्य निरीक्षकको नेतृत्वमा टे«सिङ, टेस्टिङ, उपचार र खोपका लागि घुम्ती टोली परिचालन गर्नुपर्ने ।
९. बालबालिका, गर्भवती महिला, बृद्धबृद्ध, अपाङ्ग र अशक्तहरूलाई विशेष व्यवस्था गर्नुपर्ने र यी समूहका व्यक्तिहरूलाई घर–घरमा खोप सेवा संचालन गर्ने ।
१०. ​आवश्यकताअनुसार पुनः स्थापना केन्द्र संचालन गर्नुपर्ने ।
११. ​औषधी, खाद्यान्नलगायत अति आवश्यक वस्तुको सहज आपूर्ति र भण्डारणको व्यवस्था गर्ने ।
१२. ​पर्यटकीय क्षेत्र, शैक्षिक केन्द्र, व्यापार व्यवसाय स्थल, धार्मिक, साँस्कृतिक स्थललगायत मानिसहरूको बढी चहलपहल हुने स्थानमा खोप उपलब्धता बढाउने र ती स्थानमा पनि खोप केन्द्र सञ्चालनमा ल्याउने ।
१३. ​अस्पतालको स्तर बृद्धि गरी थप सेवा संचालन गर्नुपर्ने ।
१४.​​सम्पूर्ण संक्रमित बिरामीको लागि निःशुल्क स्वास्थ्य सेवा संचालन गर्नुपर्ने ।
१५. ​​बुस्टर डोजको व्यवस्था तत्काल मिलाउने ।
१६. ​निरोधात्मक स्वास्थ्यका लागि खानपिन तथा व्यायाम र जीवनयापनसम्बन्धी जनचेतना जागृत गर्ने ।
१७.  ​राज्यका विभिन्न निकाय, स्वदेशी तथा विदेशी विश्वविद्यालय तथा अनुसन्धान केन्द्रसँग समन्वय र साझेदारीमा कोभिड–१९ सम्बन्धी अनुसन्धानात्मक कार्यक्रम अघि बढाउने ।
१८.  ​कोभिडबाट मृत्यु भएकाले आश्रित परिवार ९गर्भवती महिला, बालबालिका, बृद्धबृद्धा, अपाङ्ग र अशक्त० लाई पुनस्र्थापनाको व्यवस्था गर्ने ।
१९.  ​​स्थानीय तहलाई विशेष जिम्मेवार बनाई साधन स्रोत र जनशक्ति उपलब्ध गराउने ।
२०. ​दीर्घरोग, अत्यावश्यक स्वास्थ्य तथा नियमित स्वास्थ्य सेवा सुचारू राख्ने ।
२१. अर्थतन्त्रमार्फत् विभिन्न क्षेत्रमा पर्ने नकारात्मक प्रभावलाई कम गर्न विशेष आर्थिक योजना कार्यान्वयन गर्ने । वैकल्पिक रोजगारीको प्रबन्ध मिलाउने ।
२२. ​विदेशमा कार्यरत नेपालीहरूको स्वास्थ्य सुरक्षाका लागि सम्बन्धित मुलुकहरूसँग पहलकदमी लिने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *