एमाले उपाध्यक्ष विष्णु पौडेललाई कोरोना संक्रमण

काठमाडौँ, १ माघ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई कोरोना संक्रमण भएको छ । उनी आफैले सामाजिक सञ्जाल फेसबुकमार्फत संक्रमणमा परेको जानकारी गराएका छन् । उनले आफू आजैबाट आइसोलेसनमा बस्न थालेको जानकारी दिएका छन् ।

हिजो मात्रै एमालेका महासचिव शंकर पोखरेलले उनका परिवारका सदस्यहरुलाई कोरोना पुष्टि भएको खबर सार्वजनिक भएको थियो ।

पछिल्लो समय कोरोना संक्रमण तिब्र गतिमा बढ्दा संक्रमणमा विभिन्न राजनीतिक दलका नेताहरु पर्न थालेका छन् ।

यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित उनको टीमलाई संक्रमण देखिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *