बेलायतमा आइसोलेसनको समय पाँच दिनमात्र

568
Shares

लन्डन, ३० पुस । बेलायतमा कुनै नागरिक कोभिड सङ्क्रमित भएपछि बस्नुपर्ने सेल्फ आइसोलेसनको समय पाँच दिनमा छोट्याइएको छ । यसअघि सात दिन रहेकामा त्यसमा कटौती गरेर कोभिड पोजेटिभ देखिएको व्यक्तिले अब सेल्फ आइसोलेसनमा पाँच दिन मात्र बसे पुग्ने भएको छ ।

यहाँका स्वास्थ्य अधिकारीहरुको परामर्शमा सरकारले सो समयमा कटौती गरेको बेलायतका स्वास्थ्यमन्त्री सजिद जाभिदले बताएका छन् । उनका अनुसार यहाँका नागरिकमा आगामी सोमबारदेखि सो आइसोलेसन समय लागू हुने भएको हो ।

पाँच दिन र छैटौँ दिनको बिहानसम्ममा कोभिड पोजेटिभ देखिएका व्यक्ति आइसोलेसनबाट बाहिर निस्किन पाउने भएका हुन् ।

सिन्हा

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *