वीर अस्पतालको प्रमुख डा गुणराज लोहनी, डा विकास देवकोटालाई संघीय स्वास्थ्य मन्त्रालयमा फर्काउन सिफारिस

डा. गुणराज लोहनी

काठमाडौँ, २७ पुस । सरकारले वीर अस्पतालको प्रमुख पदमा डा गुणराज लोहनीलाई दिएको छ । प्रमुख विशेषज्ञ १२ औँ तहको दरबन्दी रहेको वीर अस्पतालमा १२ औँ तहकै डा लोहनीलाई पठाउने निर्णय गरेको हो ।

यसअघि त्यहाँको निमित्त प्रमुख डा भुपेन्द्रकुमार बस्नेत थिए । यस्तै राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा प्रकाश साहलाई कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयमा पठाइएको छ । त्यहाँका निर्देशक डा रवीन खडकालाई वीर अस्पतालमा तानिएको छ ।

यस्तै लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयको सचिवमा डा राजेन्द्र खनाललाई पठाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

त्यहाँ सचिव रहेका डा विकास देवकोटालाई संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ल्याउने गरी मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको सचिव डा रोशन पोखरेलले जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *