काठमाडौँका बालबालिकाले फाइजर खोप कहाँ गएर लगाउने ?

काठमाडौँ, २६ पुस । खोप अभियान सुरु गर्दा यसअघि खोप केन्द्र तोकिएको थियो तर यसपटक तोकिएको छैन् मैले छोरालाई कहाँ गएर खोप लगाउने होला ? काठमाडौँ बसुन्धराका अम्बिका अर्यालले जिज्ञासा राखिन । बानेश्वरकी मिना भण्डारीको पनि प्रश्न त्यस्तै आशयको थियो ।

स्वास्थ्य कार्यालय काठमाडौँ र ललितपुरले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई भोलि देखि एक सातासम्म फाइजर खोप दिने योजना अघि सारेको छ । तर खोप केन्द्रहरु तोकिएको बारेमा स्पष्टसंग सूचना नहुँदा धेरै जना अलमल परेका छन् ।

अलमल हुनु पर्दैन

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख शम्भु काफ्लेले खोप केन्द्रका बारेमा अलमल हुनु नपर्ने बताउँछन् । ‘यसपटक स्थानीय पालिकाहरुले विद्यालयहरुमा खोप केन्द्र तोकेका छन् । खोप लगाउने उमेरका विद्यार्थीहरु २०० बढी छन् भने त्यो विद्यालयमै खोप केन्द्र हुन्छ । कम विद्यार्थी छन् भने नजिककै अर्को विद्यालयमा गएर खोप लगाउन सकिन्छ,’ उनले भने ।

उनले खोप लगाउनका लागि विद्यालयबाटै खोप केन्द्रमा विवरण पठाइएको भन्दै थप परिचयपत्र आवश्यक नहुने समेत स्पष्ट पारे ।

यता काठमाडौँ महानगरपालिकाले पालिका भित्र ६०० बढी विद्यालयमा खोप केन्द्र तोकिएको जनाएको छ ।

‘निजी तथा सामुदायिक विद्यालयहरु जहाँ २०० बढी खोप केन्द्र छन् । त्यहाँ खोप केन्द्र तोकिएको छ । विद्यालयका शिक्षक र वडा कार्यालयहरुले त्यसको समन्वय गर्नुहुन्छ’ काठमाडौँ महानगरका स्वास्थ्य प्रमुख हरि कुँवरले भने ।

उनका अनुसार ७ दिनमा खोप लगाएर नभ्याए पछि पुन थप दुई दिन थपेर खोप पुरा गने योजना रहेको उनले बताए ।

स्वास्थ्य कार्यालय ललितपुरले पनि स्थानीय पालिकाले सेन्टर तोक्ने गरी व्यवस्था मिलाएको जानकारी दिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *