कोरोना जोखिम : १५ माघसम्म देशभरका विद्यालय बन्द गर्न सीसीएमसीको सिफारिस

काठमाडौँ, २५ पुस । कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले १५ दिन देशभरका विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरेको छ । आइतबार बसेको सीसीएमसीको बैठकले कोरोना संक्रमण दर ह्वात्तै बढेको भन्दै सरकारलाई विद्यालय बन्द गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

सीसीएमसीका प्रवक्ता सुनिता नेपालले बढ्दो संक्रमणदरलाई दृष्टिगत गर्दै १५ माघ सम्म  विद्यालय बन्द गर्न सिफारिस गर्ने निर्णय  भएको बताइन । उनले भनिन्, ‘कतिपय विद्यालयमा हिउँदे विदा पनि जारी रहेकाले त्यसलाई १५ माघसम्म लम्ब्याउने गरी निर्णय भएको छ । यसको कार्यान्वयन भोलि देखि नै हुने गरी गरिएको छ । यसले संक्रमणको चेन ब्रेक गर्ने अपेक्षा छ ।’

बैठकले प्रमुख जिल्ला अधिकारीले जिल्लामा संक्रमणको अवस्था हेरेर स्मार्ट लकडाउन गर्न सक्ने निर्णय पनि गरेको उनले जानकारी दिइन् ।

पछिल्लो दिनमा नेपालमा कोरोना संक्रमणले तिब्रता लिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *