चिकित्सक लाइसेन्स परीक्षामा ४९ प्रतिशत पास

काठमाडौँ, २५ पुस ।  नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षामा ४९ प्रतिशत उत्तीर्ण भएका छन् । काउन्सिलले आज प्रकाशित गरेको नतिजा अनुसार कुल २ हजार १५४ जना सहभागी भएको परीक्षामा १ हजार ४८ जना उत्तीर्ण भएका हुन् ।

काउन्सिलका प्रवक्ता समेत रहेका डा कृष्ण अधिकारीका अनुसार डेन्टल तर्फ ४३५ जनाले फारम भरेको भएपनि परीक्षा दिने बेलामा ४३२ जना सहभागी थिए । ती मध्ये १७७ जना पास भएका छन् । ३ जना परीक्षामा अनुपस्थित भएका छन् ।

यस्तै मेडिकल तर्फ १ हजार ७३४ जनाले फारम भरेको भएपनि परीक्षा दिने बेलामा १ हजार ७२२ जना मात्रै सहभागी भएका थिए । त्यसमा ८७१ जना मात्रै पास भएका छन् । मेडिकल समूह तर्फ परीक्षामा १२ जना अनुपस्थित भएका थिए ।

परीक्षा गत २२ देखि २५ पुस (आज)सम्म पुल्चोकस्थित नेपाल इन्जिनियरिङ संस्थानमा भएको थियो ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *