नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा सरला केसी नियुक्त


काठमाडौँ, २३ पुस । सरकारले नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा सरला केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ । स्वास्थ्य मन्त्रालयको प्रस्तावमा गत बुधबार बसेको मन्त्रिपरिषद बैठकले केसीलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले उपाध्यक्षमा शारदा अर्याल, सदस्यहरुमा राधा सिलवाल, रोशनी तुईतुई र रमा पहाडीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

अध्यक्षमा नियुक्त केसी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान स्कुल अफ नर्सिङकी डिन हुन् । उपाध्यक्ष बनाइएकी अर्याल वीर अस्पतालमा कार्यरत छिन् । यस्तै सदस्यहरुमा नियुक्त भएका तुईतुई वीर अस्पताल नर्सिङ क्याम्पस, पहाडी विनायक नर्सिङ क्याम्पसकी प्रिन्सिपल हुन् ।

स्वास्थ्यले यस सम्वन्धी प्रस्ताव करीव एक महिना अघि नै मन्त्रिपरिषदमा पठाएको थियो । तर गठवन्धन सरकारको एउटा दल माओवादी केन्द्रले समेत सदस्यहरुमा दावी गरेपछि निर्णय हुन ढिलाई भएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *