चौबिस घण्टामा थप ३९३ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

148
Shares

काठमाडौँ, २० पुस । पछिल्लो चौबिस घण्टामा देशभर ३९३ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप २६३ जना संक्रमणमुक्त भएका छन् । आज थप ३ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार ७ हजार ७९४ जनाको पीसीआर बिधीबाट परीक्षण गर्दा ३५५ र १ हजार ५३५ जनाको एन्टीजेन बिधिबाट परीक्षण गर्दा ३८ जनाको जनाको पोजेटिभ आएको हो ।

जसमध्ये काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १५६ भक्तपुरमा २१र ललितपुरमा ४५ जना गरी उपत्यकामा २२२ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ९४ रहेका छन् । आइसीयूमा ८८ जना भेन्टीलेटरमा २५ जना संक्रमति उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी आज थप ३ लाख १६ हजार ७७४ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *