चौबिस घण्टामा थप ३९३ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

काठमाडौँ, २० पुस । पछिल्लो चौबिस घण्टामा देशभर ३९३ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप २६३ जना संक्रमणमुक्त भएका छन् । आज थप ३ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार ७ हजार ७९४ जनाको पीसीआर बिधीबाट परीक्षण गर्दा ३५५ र १ हजार ५३५ जनाको एन्टीजेन बिधिबाट परीक्षण गर्दा ३८ जनाको जनाको पोजेटिभ आएको हो ।

जसमध्ये काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १५६ भक्तपुरमा २१र ललितपुरमा ४५ जना गरी उपत्यकामा २२२ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ९४ रहेका छन् । आइसीयूमा ८८ जना भेन्टीलेटरमा २५ जना संक्रमति उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी आज थप ३ लाख १६ हजार ७७४ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *