शिक्षण संस्था गाभिनका लागि मापदण्ड बनाउँदै चिकित्सा शिक्षा आयोग, सरोकारवालासंग सुझाव माग

काठमाडौँ, १७ पुस ।चिकित्सा शिक्षा आयोगले शिक्षण संस्था गाभिन सक्ने सम्वन्धी नयाँ मापदण्ड बनाउन थालेको छ । आयोगका नीतिकै कारण कतिपय शिक्षण संस्था सञ्चालन हुन नसक्ने अवस्था पुगेको बताईरहेका बेला  यस्तो मापदण्ड बनाउन लागेको हो ।

आयोगले शनिबार सूचना प्रकाशित गर्दै बन्दै गरेको मापदण्डमा थप राय सुझाव उपलव्ध गराउन विश्वविद्यालय, शिक्षण संस्था तथा सरोकारवालाहरुसंग अनुरोध गरेको छ । उनले २२ पुससम्म अर्थात पाँच दिन भित्र इमेल मार्फत सुझाव पठाउन भनेको हो ।

आयोगका लिएका नीतिका कारण थुप्रै शिक्षण संस्था बन्द हुने वा मर्ज हुने अवस्थामा पुगेको सञ्चालकहरुले बताउँदै आएका छन् । विशेषगरी प्यारामेडिक्स तथा नर्सिङ कलेज पढाउनेहरुले यस्तो समस्यामा परेको बताउने गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *