काठमाडौँमा हुनुहुन्छ र कोरोनाविरुद्धको खोप लिन छुट्नु भएको छ ? यी ठाँउमा जानुस् र खोप लगाउनुस्

काठमाडौँ, १४ पुस । तपाईँ काठमाडौँ उपत्यकामा हुनुहुन्छ र कोभिडविरुद्धको खोप लगाउन छुट्नु भएको छ ? यदि छ भने आजै तपाईँको नजिकका खोप केन्द्रमा खोप लिन सक्नुहुन्छ ।

सरकारले काठमाडौँ उपत्यकामा २४ वटा स्थानमा कोभिडविरुद्धको खोप केन्द्र सञ्चालनमा ल्याएको छ । १८ वर्ष माथिका नागरिकले ती खोप केन्द्रमा तोकिएको समयमा पुगेर खोप लिन सक्नेछन् ।

स्वास्थ्य कार्यालय काठमाडौँले जिल्लाका ११ स्थानमा, ललितपुरले जिल्लाका ११ स्थान र भक्तपुरले २ स्थान गरी कुल २४ स्थानमा खोप केन्द्र सञ्चालनमा ल्याएको छ । यी सबै खोप केन्द्रमा १८ वर्षमाथिका नागरिकले खोप लगाउन पाउने छन्। खोप केन्द्रमा भेरोसेल कोभिसिल्ड र एस्ट्राजेनिका खोप लगाइने छ।

कहाँ कहाँ छन् खोप केन्द्रहरु ?

काठमाडौं जिल्ला :

  • सशस्त्र प्रहरी बल अस्पताल बलम्बु,
  • वीरेन्द्र सैनिक बल अस्पताल छाउनी,
  • नेपाल प्रहरी अस्पताल महाराजगञ्ज,
  • शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु,
  • परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली,
  • सहिद मेमोरियल अस्पताल कंलकी,
  • लोत्से भवन नयाँ बसपार्क,
  • वीर अस्पताल,
  • बयोधा अस्पताल बल्खु,
  • निजामती कर्मचारी अस्पताल
  • एपेक्स पोलिक्लिनिक जडिबुटी

भक्तपुर जिल्ला :

  • नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल थिमी। (बुधबार र शुक्रबार मात्र)
  • ख्वप अस्पताल च्यामसिंह (बिदाको दिन बाहेक प्रत्येक दिन)

ललितपुर जिल्ला :

  • पाटन अस्पताल,
  • छवा बहाल जनस्वास्थ्य शाखा,
  • सैंबु स्वास्थ्य चौकी,
  • बज्रबाराही चापागाँउ अस्पताल,
  • बाँडेगाँउ प्राथमिक स्वास्थ्य केन्द्र,
  • लेले प्राथमिक स्वास्थ्य केन्द्र,
  • लुभु प्राथमिक स्वास्थ्य केन्द्र,
  • इमाडोल स्वास्थ्य चौकी,
  • चौघरे स्वास्थ्य चौकी
  • गोटिखेल स्वास्थ्य चौकी।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *