नेपालमा कोरोना बिरुद्धको खोप पूर्ण मात्रा लगाउनेको संख्या १ करोड बढी

52
Shares

काठमाडौँ, १२ पुस। नेपालमा कोभिड- १९ बिरुद्धको खोपको पूर्ण मात्रा  १ करोड भन्दा बढीले लगाएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ लाख ६८ हजार ३१९ जनाले लगाए संगै नेपालमा कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा  १ करोड १ लाख ६६ हजार ५०४ जनाले लगाएका छन् ।

नेपालमा खोप अभियान सुरुभएदेखि हालसम्म २ करोड ३७ लाख ४० हजार २९६ मात्रा कोरोनाविरुद्धको खोप लगाइसकिएको छ । १ करोड ३५ लाख ७३ हजार ७९२ जनाले कम्तीमा एक मात्रा खोप लगाएका छन् ।

त्यसैगरी पछिल्लो चौबिस घण्टामा २७१ जना संक्रमित थपिए संगै मुलुकभर कुल कोरोना संक्रमितको संख्या ८ लाख २७ हजार ५ सय २२ पुगेको छ भने आठ लाख ११ हजार ५ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै कुल मृतकको संख्या ११ हजार ५ सय ८६ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९३१ रहेका छन् । आइसीयूमा ७८ जना भेन्टीलेटरमा २३ जना संक्रमति उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *