वीपी प्रतिष्ठानको नेतृत्व गर्न प्रमुख विशेषज्ञ डा. यादवको नेतृत्वमा पाँच सदस्यीय टोली धरान जाँदै

काठमाडौँ, ११ पुस । स्वास्थ्य मन्त्रालयले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दैनिक कामकाज गर्न प्रमुख विशेषज्ञ डा श्याम सुन्दर यादवको नेतृत्वमा पाँच सदस्यीय टोली पठाउने निर्णय गरेको छ ।

मन्त्रालयले बर्तमान उपकुलपति र अन्य पदाधिकारीहरु छानवीनको दायरामा पर्दा शैक्षिक तथा प्रशासनिक क्रियाकलाप अघि बढाउन अफ्टेरो परेको भन्दै डा यादवको नेतृत्वमा टोली पठाउने निर्णय गरेको हो ।

मन्त्रालयले निर्णय गरेको फाइल कुलपति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सदर गरिदिएपछि कार्यान्वयनमा आउने बताइएको छ ।
मन्त्रालयबाट आजै फाइल अघि बढेको छ ।

प्रधानमन्त्री ज्यूले आजै बेलुका वा भोलीसम्ममा सदर गरिदिनुहुनेछ । त्यसपछि नयाँ टिमले काम अघि बढाउँछ । स्वास्थ्य मन्त्रीका विज्ञ सल्लाहकार डा रमेश ढकालले भने ।

मन्त्रालयले पठाएको टिममा उपकुलपतिको जिम्मेवारी डा यादवले सम्हाल्नेछन् । शिक्षाध्यक्षको जिम्मेवारी वीर अस्पतालका एघारौँ तहका डाक्टर रविराम श्रेष्ठले चलाउने छन् । प्रशासन हेर्न मन्त्रालयले सुरेश दाहाललाई पठाउने निर्णय गरेको छ । बाँकी दुई जना सदस्यमा कानून मन्त्रालयले कानून अधिकृत र अर्थ मन्त्रालयले एक जना लेखा हेर्ने अधिकृत पठाउने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।

प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीसहितको टीमले अनियमितता गरेको भन्दै त्यहाँका चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरु लामो समय देखि आन्दोलित छन् ।

त्यहाँको अनियमितता छानवीन गर्नका लागि स्वास्थ्यमन्त्री खतिवडाकै संयोजकत्वमा छानवीन टोली गठन गरिएको थियो । सो टोलीले कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाईसकेको छ । यद्धपी प्रतिवेदन सार्वजनिक भएको छैन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *