जनस्वास्थ्य संघको निर्वाचन : १५ सदस्यीय केन्द्रीय समितिका लागि ३५ जनाको उम्मेद्धारी

- नेपाली हेल्थ

काठमाडौँ, १० पुस । आगामी २४ पुसमा हुने नेपाल जनस्वास्थ्य संघको केन्द्रीय कार्य समितिको निर्वाचनका लागि ३५ जनाले उम्मेद्धारी दिएका छन् । अध्यक्ष उपाध्यक्ष सहित कुल १५ सदस्यीय कार्यसमितिका लागि ३५ जनाको उम्मेद्धारी परेको हो ।

निर्वाचन समितिका अनुसार पदाधिकारीका अध्यक्ष पदमा तीन जना, सहकोषाध्यक्षमा तीन जनाको उम्मेद्धारी परेको भने उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष पदमा दुई दुई जनाको उम्मेद्धारी परेको छ ।

सदस्य तर्फ समावेशीमा सात जना र १४ जनाको उम्मेद्धारी परेको निर्वाचन समितिका संयोजक रमेशप्रसाद अधिकारीले बताए ।
कुल १ हजार ७१८ मतदाता रहेको संघको निर्वाचनका लागि समितिले सात प्रदेशमा एक एक वटा र काठमाडौँ उपत्यकामा एक वटा गरी कुल आठ वटा मतदान केन्द्र तोकेको छ ।

अधिकारीले निर्वाचन २४ गते विहान ९ बजे देखि अपरान्ह ५ बजेसम्म चल्ने जानकारी दिए ।

एमाले र माओवादी संयुक्त प्यानल, काग्रेस निकटको एकल
स्वास्थ्यका अन्य संगठनमा जस्तै जनस्वास्थ्य संघको निर्वाचनमा पनि राजनीतिक ध्रुविकरण सतहमा आएको छ । यसपटक  एमाले र माओवादी निकट संगठनले संयुक्त गठवन्धन बनाएर संघको निर्वाचनमा उम्मेद्धारी दिएका छन् । अर्को प्यानल कांग्रेस निकटहरुको रहेको बताइएको छ ।

यी हुन् उम्मेद्धारहरु


Facebook Comment


थप समाचार