खड्गी इन्स्टिच्युट अफ इण्डोयुरोलोजीको घोषणा : हरेक दिन चार जनालाई सरकारी दरमै पत्थरीको शल्यक्रिया

काठमाडौँ, ९ पुस । खड्गी इन्स्टिच्युट अफ इण्डोयुरोलोजीले हरेक दिन चार जना विपन्न विरामीलाई सरकारी दररेटमा मिर्गौलाको पत्थरीको शल्यक्रिया गर्ने घोषणा गरेको छ । आरुस लाइफस्टाइल हस्पिटलसंगको सहकार्यमा सञ्चालित खड्गी इन्स्टिच्युटले अत्याधुनिक प्रविधिको प्रयोग गरी सहुलियत दरमा उपचार गर्ने घोषणा गरेको हो ।

‘पत्थरीको सर्जरीमा हरेक दिन चार जनाको उपचार वीर अस्पतालकै दररेटमा गर्नेछौँ । त्यसका लागि वडाबाट आर्थिक रुपमा विपन्न भएको पत्र ल्याउनुपर्नेछ । निजी क्षेत्रबाट सञ्चालित विश्वस्तरीय सेवा दिने इन्स्टिच्युट भएपनि त्यसको सेवा आम सर्वसाधारण गरीवको पहुँचमा समेत पुगोस भन्ने खास उदेश्य हो,’ इन्स्टिच्युटका प्रवन्ध निर्देशक एवं कन्सल्ट्यान्ट युरोलोजिष्ट डा संजय खड्गीले भने ।

उनले अति विपन्न परिवारको विरामी आइहालेमा पैसाकै कारण फर्किनु नपर्ने समेत घोषणा गरे ।

ललितपुरको कुपण्डोलमा भर्खरै सञ्चालनमा आएको २५ शैय्याको आरुस लाइफस्टाईल हस्पिटलको माथिल्लो तल्लामा खड्गी इन्स्टिच्युट अफ इण्डोयाुरोलोजी रहेको छ ।

मुत्र प्रणाली तथा मिर्गौला पत्थरीको विरामीका लागि विशेष फोकस छ । डा खड्गीले भने ‘मुत्र प्रणालीसंग सम्वन्धी रोगहरु युआरएसएल, आरआईआरएस, मिनिपिसिएनएल जस्ता प्रविधिबाट विना ठूलो चिरफार उपचार गरिन्छ ।’

उनले ती सेवा प्रदान गर्नका लागि इन्स्टिच्युटलाई अत्याधुनिक उपकरण र प्रविधिमैत्री बनाएका छन् ।

‘हामीकहाँ हुने उपचारका लागि प्रयोग हुने उपकरण र प्रविधि युएसए र युके जस्ता विकसित देशका इन्स्टिच्युटले प्रयोग उपकरण उस्तै छन् । त्यसैले हाम्रो सेवा विश्वस्तरको छ’ दावीका साथ डा खड्गीले भने ।

इन्स्टीच्युटमा लेजर प्रविधिबाट प्रोष्टेटको शल्यक्रिया, वाइपोलार शल्यक्रिया, ल्याप्रोस्कोपिक शल्यक्रियाहरु समेत गर्ने तयारीमा रहेको छ ।

डा खड्गी नेपालमै पहिलो पटक मिनिपिसिएनल प्रविधिबाट पत्थरीको उपचार गर्ने डाक्टरको रुपमा परिचित छन् ।

कन्सल्ट्यान्ट युरोलोजिष्ट डा संजय खड्गी

सन् २००५ बाट सो प्रविधिबाट उपचार गरेका उनले कुवेत, फ्रान्स, पाकिस्तान, भारत,  बेलायत लगायतका दर्जनौँ मुलुकमा गई मिनि पिसिएनएल विभिबाट लाइभ सर्जरी समेत गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *