विज्ञहरुले भने, ‘भारतमा कोरोनाको तेस्रो लहर आउँछ’

नयाँदिल्ली । कोरोना भाइरसको सबैभन्दा संक्रामक भनिएको भेरियन्ट ओमिक्रोनको केश भारतमा बढ्न थालेको छ । बढ्दो संक्रमणलाई लिएर विज्ञहरुले कोरोनाको तेस्रो लहर देखिन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

दक्षिण अफ्रिकामा भेटिएको ओमिक्रोन अहिलेसम्म १०० बढी देशमा फैलिईसकेको छ । अहिले युरोपियन देशहरुमा कोरोना संक्रमण बढ्दो देखिएको छ, त्यसमा पनि ओमिक्रोनको संक्रमण बढी देखिएको छ ।

भारतमा अहिलेसम्म २३६ जनामा ओमिक्रोनको संक्रमण देखिएको छ । र यो लगातार बढदो क्रममा छ । स्वास्थ्य अधिकारीहरुले डेल्टाको तुलनामा ओमिक्रोनको संक्रमण तीन गुणा बढी तिव्र गतिमा फैलिएको बताएका छन् । विज्ञहरुले संक्रमणको तिब्रतालाई लिएर चिन्ता व्यक्त गरेका हुन् ।

नेशनल कोभिड १९ सुपरमोडल कमिटिका सदस्य विद्यासागरले सन् २०२२ को सुरुवातमा देशमा तेस्रो लहर आउने सम्भावना भएको बताए । उनले भने, ‘व्यक्तिहरुमा प्रसस्त इम्युनिटी पावर भएको कारण दोस्रो लहरको तुलनामा तेस्रो लहर केही कमजोर हुनसक्छ तर तेस्रो लहर निश्चित रुपमा आउँछ ।’

भारतमा अहिलेसम्म ८५ प्रतिशत जनताले पहिलो डोज र ५५ प्रतिशतले दोस्रो डोज कोेभिडविरुद्धको खोप लगाइसकेका छन् ।

सबैभन्दा खराव अवस्था आएमा दैनिक २ लाखसम्म नयाँ केश भेटिनसक्छ
हैदरबादमा आइआईटी प्रोफेसर विद्यासागरका अनुसार संक्रमणको गति कति बढ्छ भनेर दुईकुराले निर्भर गर्ने बताए । ‘पहिलो डेल्टाबाट आएको प्राकृतिक इम्युनिटीले ओमिक्रोनलाई कत्तिको छेक्न सक्छ । अर्को खोपबाट प्राप्त इम्युनिटीले ओमिक्रोनलाई कत्तिको रोक्न सक्छ ।’

उनले सबैभन्दा खराव अवस्था आएमा देशमा प्रतिदिन २ लाखसम्म केश आउने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *