७७ वटै जिल्लामा पुग्दै स्वास्थ्य बीमा कार्यक्रम, काठमाडौँमा यहि महिनामा सुरु हुँदै

काठमाडौँ, ८ पुस । सरकारले यसै महिना देखि काठमाडौमा पनि स्वास्थ्य बीमा कार्यक्रम लागू गर्दैछ । यो संगै देशमा साढे पाँच वर्ष अघि सुरु भएको सरकारको महत्वकांक्षी कार्यक्रम ‘स्वास्थ्य बीमा’को उपस्थिति ७७ वटै जिल्लामा पुग्नेछ ।

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले पुस महिना भित्र काठमाडौँका तीनवटा पालिकामा बीमा कार्यक्रम सुरु गर्ने तयारी रहेको बताए । उनले कागेश्वरी मनोहरा, गोकणेश्वर र दक्षिणकाली नगरपालिकामा यहि महिना भित्र स्वास्थ्य बीमा कार्यक्रम आरम्भ गर्ने योजना रहेको बताए ।

बोर्डले यसअघि गत २४ असोजमा ललितपुरको तीनवटा स्थानीय तहमा बीमा कार्यक्रम सुरु गर्दै ७६ औँ जिल्लामा आफ्नो उपस्थिति रहेको देखाएको थियो । त्यसबेला जिल्लाका बागमती, माहाकाल र कोन्जोसोम गाउँपालिमा यो कार्यक्रम लागू भएको थियो । काठमाडौँ उपत्यकाको भक्तपुरमा भने केही वर्ष अघि देखि नै यो कार्यक्रम पूर्ण रुपमा सञ्चालनमा आएको छ ।

कार्यकारी निर्देशक बसौलाले यो महिना भित्र बीमा कार्यक्रम सुरु गर्नका लागि पालिकाहरुमा आवश्यक तयारी भइरहेको बताए । उनले काठमाडौँ एकैपटक सबै ठाँउमा कार्यक्रम गर्न केही थप तयारी गर्नु पर्ने भएकोले केही पालिकाबाट कार्यक्रम प्रारम्भ गर्न लागेको बताए । उनले गत असोजमा सुरु गरेको ललितपुरमा भने माघ महिना भित्र जिल्लाभर विस्तार गर्ने योजना रहेको सुनाए ।

सरकारले २०७२ चैत २५ मा कैलाली जिल्लाबाट स्वास्थ्य बीमा कार्यक्रम शुरु गरेको हो । त्यसबेला प्रति परिवार ५ जनाको दरले २ हजार ५ सय रुपयाँ तिरेपछि ५० हजार रुपैयाँसम्मको स्वास्थ्य सेवा लिन पाइन्थ्यो ।

अहिले बीमा बापत प्रति परिवार पाँच जनाले ३ हजार ५०० रकम तिर्दा एक लाख रुपैयाँको स्वास्थ्य सेवा लिन सकिन्छ ।

परिवारमा ५ जना भन्दा बढी सदस्य रहेमा प्रतिव्यक्ति ७ सय रुपैयाँ थप्नुपर्ने र २० हजारको दरले सेवा पनि बढदै जाने र २ लाख सम्मको उपचार सुविधा लिन सकिने नयाँ व्यवस्थामा उल्लेख छ ।

 

 

ललितपुरमा स्वास्थ्य विमा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *