नेपालमा थप एक जना पुरुषमा ओमिक्रोन भेरियन्ट

काठमाडौं ७ पुस । नेपालमा थप एक जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको देखा परेको छ। यसअघि नेपालमा दुई जनामा यो भेरियन्ट देखिईसकेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर संगिता मिश्राले एक ५८ वर्षीय वृद्धमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जानकारी दिइन्।

उनले नियमित जिन स्विक्वेन्सिङमा २२ जनामा डेल्टा र एक जनामा ओमिक्रोन भेरियन्ट भेटिएको बताइन ।

प्रवक्ता डा मिश्राले संक्रमित व्यक्ति ९८ वर्षका पुरुष भएको र उनी अहिले आफ्नै घरको आइसोलेसनमा रहेको समेत जानकारी दिईन । उनले ती व्यक्ति मन्त्रालयको नियमित सम्पर्कमा रहेको र उनीसंग सम्पर्कमा रहेका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ भइरहेको समेत बताइन्।

पछिल्लो समय ओमिक्रोन भेरियन्ट विश्वका सयभन्दा बढी देशहरूमा फैलिसकेको छ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *