उपत्यका सहितका २० जिल्लामा फाइजर खोप सञ्चालनमा केही ढिलाई हुने

काठमाडौँ, ६ पुस । सरकारले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई आगामी १३ पुस देखि काठमाडौँ उपत्यका सहितका ८ जिल्लामा र केही दिन भित्रमा बाँकी १२ जिल्लामा कोभिडविरुद्धको फाइजर खोप दिने तालिका सार्वजनिक गरेको थियो । तर सो तालिका परिवर्तन हुने भएको छ ।

यसअघि तोकिएको फाइजर खोप आउने दिन नै पछि सरेपछि लगाउने तालिकामा पनि परिवर्तन हुने भएको हो ।

स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख सागर दाहालले यसअघि १३ पुसबाट हुने भनिएको फाइजर खोप सञ्चालन सम्वन्धी तालिका केही पछि सर्ने बताए ।

‘पहिले २४ डिसेम्बरमा खोप आउने भनिएको हामीले १३ पुस देखि सञ्चालन गर्ने भनेका थियौँ । अहिले चाहि सिपमेन्ट २९ भनिएको छ । यसले पूर्वनिर्धारित खोप लगाउने तालिकामा ढिलाई हुने भएको छ,’ उनले भने । दाहालले करीव एक साता जति तलमाथि हुने अनुमान गरे । ‘नयाँ तालिका तय भइसकेका छैन् । करीव एक साता ढिलाई होला कि भन्ने छ,’ उनले भने ।

स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले कोभ्याक्स सुविधा अन्तरगर्त बालबालिकाहरुलाई लगाउन ६ लाख २० हजार डोज फाइजर खोप आउने भनिएकोमा तालिका केही दिन पछाडी सरेको बताए ।

सरकारले प्रदेश नं १ को झापा, मोरङ, सुनसरी, प्रदेश नं २ को सप्तरी, धनुषा, पर्सा, बागमती प्रदेशको काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन र सिन्धुली, गण्डकी प्रदेशको कास्की र बाग्लुङ लुम्बिनी प्रदेशको रुपन्देही, बाँके र दाङ कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको डडेल्धुरा र कैलाली जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप दिने बताएको छ ।

यसबाहेकका ५७ जिल्लामा भने अर्को अमेरिकी खोप मोडर्नाको पहिलो डोज चलिरहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *