आजबाट यी ५७ जिल्लाका १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई मोडर्ना खोप दिईदै

काठमाडौँ, ४ पुस । सरकारले आजबाट बाट १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धको खोप मोडर्ना लगाउने अभियान सुरु गर्दैछ । यो खोप ५७ जिल्लाका बालबालिकालाई दिईदै छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहका अनुसार ५७ वटा जिल्लामा लगाउने तय भएको मोडर्ना खोपको पहिलो डोज आजबाट सुरु भई भई १४ पुससम्म चल्ने छ । पहिलो डोज लगाएकाहरुलाई दोस्रो डोज २ माघ देखि १२ माघसम्म चल्नेछ ।

यी हुन्   मोडर्ना खोपको पहिलो डोज  आजबाट  सुरु भई १४ पुससम्म सञ्चालन हुने जिल्लाहरु :

प्रदेश नं १
ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम र उदयपुर गरी ११ जिल्ला

प्रदेश नं २
सिराहा, महोत्तरी, सर्लाही, रौतहट र बारा गरी ५ जिल्ला

बागमती प्रदेश
दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, रामेछाप, नुवाकोट र मकवानपुर गरी ७ जिल्ला

गण्डकी प्रदेश
गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, लमजुङ, तनहुँ, नवलपरासी पूर्व, स्याङजा र पर्वत गरी ९ जिल्ला

लुम्बिनी प्रदेश
रुकुमपूर्व, रोल्पा, प्यूठान, गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी पश्चिम, कपिलवस्तु र बर्दिया गरी ९ जिल्ला

कर्णाली प्रदेश
डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालिकोट, दैलेख, जाजरकोट, रुकुम पश्चिम र सल्यान गरी ९ जिल्ला ।

सुदूरपश्चिम प्रदेश
बाजुरा, बझाङ, दार्चुला, बैतडी, डोटी, अछाम र कञ्चनपुर गरी ७ जिल्ला

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *