आज १८ लाख ७१ हजार कोभिसिल्ड खोप आइपुग्यो

काठमाडौं, २९ मंसिर । कोभिडविरुद्धको खोप कार्यक्रम सञ्चालन गरेको सरकारले आज थप १८ लाख ७१ हजार डोज कोभिसिल्ड खोप प्राप्त गरेको छ । भारतीय कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको यो खोप आज कोभ्याक्स सुविधा मार्फत प्राप्त गरेको हो ।

स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले कोभिडविरुद्धको खोप प्राप्त हुने क्रममा आज थप १८ लाख ७१ हजार डोज कोभिसिल्ड काठमाडौँ आइपुगेको बताए ।

भोलि र पर्सि २१ लाख ७६ हजार ‘जानसन’ खोप आइपुग्ने

शाखा प्रमुख चौरसियाले नेपालले खोप प्राप्त गर्ने क्रम भोलि र पर्सी (विहीबार र शुक्रबार) पनि जारी रहने बताए । उनले भोलि र पर्सि आउने खोप अमेरिकी कम्पनी जोन्सन एण्ड जोन्सनको रहेको जानकारी दिए ।

‘भोली र पर्सि गरी नेपालमा कुल २१ लाख ७६ हजार डोज जे एण्ड जे कम्पनीको उत्पादन ‘जानसन’ खोप नेपालले प्राप्त गर्दैछ । यो पनि कोभ्याक्स सुविधा मार्फत नै हो,’ उनले अगाडी थपे, ‘भोलि ७ लाख १९ हजार डोज आउने छ। बाँकि १४ लाख ५७ हजार बढी डोज खोप पर्सि आउनेछ ।’

कोभिडविरुद्धको यो अमेरिकी खोप एक डोज मात्रै लगाए पुग्छ ।

यसअघि अमेरिकाले कोभ्याक्स मार्फत जोन्सन एण्ड जोन्सन कम्पनीको करिब १६ लाख डोज ‘जानसन’ खोप नेपाललाई उपलब्ध गराएको थियो।

जानसन खोप पनि २ देखि ८ डिग्री तापक्रममा भण्डारण गर्न सकिनेछ ।
कोभिसिल्ड र जानसन दुबै खोप १८ वर्ष माथिकालाई मात्रै दिन सक्ने डव्लुएचओले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *