कान्ति बाल अस्पतालमा ‘पेडियाट्रिक क्रिटिकल केयर’ नर्सिङ कार्यक्रम सुरु

काठमाडौँ, २७ मंसिर । कान्ति बाल अस्पतालले नेपालमै पहिलो पटक पेडियाट्रिक क्रिटिकल केयर नर्सिङ कार्यक्रम सुरु गरेको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल नर्सिङ क्याम्पसको कान्ति बाल अस्पताल नर्सिङ कार्यक्रम अन्तरगर्त व्याचलर इन नर्सिङ साइन्स (बीएनएस) तर्फ पेडियाट्रिक क्रिटिकल केयर कार्यक्रम सुरु गरेको हो ।

तीन वर्षे यो कार्यक्रमका लागि चिकित्सा शिक्षा आयोगले कान्तिलाई २० जनाको कोटा छुट्याएको छ ।

कान्तिले आइतबार एक औपचारिक कार्यक्रम गरी नयाँ कार्यक्रममा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्दै कक्षारम्भ भएको जानकारी गराएको छ । सो अवसरमा वीएनएस तर्फ पेडियाट्रिक क्रिटिकल केयर कार्यक्रममा भर्ना भएका १६ जना विद्यार्थीको उपस्थिति रहेको थियो ।

अस्पतालका निर्देशक प्राडा अतिज रायमाझीले कान्ति अस्पतालले नेपालको इतिहासमा पहिलो चोटी यो कार्यक्रम सुरु गर्न सफल भएको भन्दै खुशी व्यक्त गरे । उनले यो कार्यक्रमबाट कान्ति अस्पतालमा देखिएको आइसीयू इमरजेन्सीको नर्सिङ जनशक्तिको समस्यालाई दीर्घकालिन समाधान हुने विश्वास व्यक्त गरे ।

‘बढ्दो शहरीकरणसंगै बच्चाहरुमा पनि रोड ट्राफिक एक्सिडेन्टका घटना बढी रहेको र आकस्मिक तथा आइसीयूमा उपचार गर्नुपर्ने गम्भीर केशहरु बढी रहेको अवस्था छ । यसका लागि पनि यो नयाँ कार्यक्रम महत्वपूर्ण हुन्छ,’ प्राडा रायमाझीले बताए । साथै उनले ४० प्रतिशत जनसंख्या ओगटेको बालबालिकाको लागि पेडियाट्रिक तथा क्रिटिकल केयरका लागि छुट्टै नर्सिङ जनशक्ति आवश्यक रहेको भन्दै बच्चाको उपचार गर्ने देशका सरकारी तथा निजी क्षेत्रका अस्पतालहरुका लागि पनि दक्ष जनशक्ति हुने बताए ।

पेडियाट्रिक क्रिटिकल केयर कार्यक्रमका लागि कान्ति अस्पताल र वीर अस्पताल नर्सिङ क्याम्पसको टिमले पाठ्यक्रम बनाएको थियो ।

तीन वर्षे यो कार्यक्रमका लागि पहिलो वर्ष बेसिक साइन्स लगायतका विषयको अध्ययन र प्रयोगात्मक अभ्यास कान्ति र वीर अस्पताल नर्सिङ क्याम्पसमा हुने र दोस्रो र तेस्रो बर्ष क्लिनिकल प्राक्टिस कान्तिमै हुने डा रायमाझीले सुनाए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *