टेकु अस्पतालले सुरु गर्‍यो २४ घण्टा सम्मको इमरजेन्सी सेवा नि:शुल्क

काठमाडौँ, २१ मंसिर । टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल)ले चौविस घण्टा सम्मको इमरजेन्सी सेवा नि:शुल्क उपलव्ध गराउन थालेको छ ।  अस्पतालले गत आइतबार देखि चौविस घण्टासम्मको इमरजेन्सी सेवा नि:शुल्क गरेको हो ।

अस्पतालका निर्देशक डा. मनिषा रावलले गत आइतबार देखि चौविस घण्टाको आकस्मिक सेवा निशुल्क दिने कार्य कार्यान्वयनमा आएको बताईन् । ‘मैले अघिल्लो साता पदवहाली गरेकै दिन यो निर्णय गरेकी थिएँ । गत आइतबारबाट यसको कार्यान्वनय भएको छ,’ नेपाली हेल्थसंग उनले भनिन् ।

अस्पतालले चौविस घण्टाको निशुल्क सेवामा के के उपलव्ध हुन्छ भनेर विवरण समेत उल्लेख गरेको छ । त्यसमा स्वास्थ्य परीक्षणका अलावा, अत्यावश्यक औषधि र अत्यावश्यक प्रयोगशाला परीक्षण समेत समेटिएको छ ।

‘हामीले के के कुरा निशुल्क दिन सक्छौँ भनेर सूची नै तयार गरेका छौँ । यसले विरामीले समयमै सहज ढंगले उपचार पाउनका लागि मद्धत पुग्दछ,’ उनले भनिन् ।

सरकारले २०७७ सालमा १५ वटा संघीय अस्पतालबाट गरीव तथा असाहायलाई आकस्मिक सेवा निशुल्क दिने घोषणा गरेको थियो । त्यसको कार्यविधि बनेर घोषणा समेत भइसकेको अवस्था छ ।

‘तर विपन्न नागरिक को हो ? कसरी छुट्याउने ? आकस्मिक रुपमा अस्पताल आउने व्यक्तिले विपन्न कार्ड लिएर आउन पनि नसक्ला, त्यसैले गरीव तथा असाहाय मात्रै होइन कि अस्पतालको आकस्मिक सेवा लिन आउने जो सुकैलाई पहिलो चौविस घण्टाको उपचार सेवा निशुल्क दिने निर्णयमा पुगेका हौँ,’ निर्देशक डा. रावलले भनिन् ।

अस्पतालका इमरजेन्सी इन्चार्ज लिलानाथ भण्डारीले १९ मंसिर(आइतबार)बाट अस्पतालले सो सेवा कार्यान्वयनमा ल्याएको बताए । उनले गरीव तथा असाहायकै उपचार गर्ने अस्पतालका रुपमा परिचित टेकु अस्पतालले यो सेवा सुरु गरेपछि साच्चिकै गरीव तथा विपन्नका लागि ठूलो राहत मिल्ने विश्वास व्यक्त गरे ।

त्यसो त टेकु अस्पतालले गत आइतबार देखि नै सर्वसाधारणका लागि हरेक दिन विहान ८ देखि अपरान्ह ४ बजेसम्म कोभिडविरुद्धको खोप दिने व्यवस्था मिलाइएको छ ।

अस्पतालले चौविस घण्टासम्मको निशुल्क आकस्मिक सेवामा यी औषधि र परीक्षणहरु निशुल्क हुने जनाएको छ:

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *