शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भयो ८०० जनाको मिर्गौला प्रत्यारोपण

सोमबार ८०० औँ मिर्गौला प्रत्यारोपण सफल भएपछि केक काटेर खुशियाली मनाउँदै डा श्रेष्ठ सहितको चिकित्सक टोली

भक्तपुर, २०  मंसिर । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापना भएको नौ वर्ष पुग्दा नपुग्दै ८०० जनाको मिर्गौला प्रत्यारोपण गर्न सफल भएको छ । विसं २०६९ माघ ६ गते देखि मिर्गौला प्रत्यारोपण सुरु गरेको केन्द्रले सोमबार ८०० औँ मिर्गौला प्रत्यारोपण सफलताका साथ सम्पन्न गरेको हो ।

केन्द्रका निर्देशक रहेका बरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपण शल्य चिकित्सक डा पुकारचन्द्र श्रेष्ठले यो अवधीसम्म आइपुग्दा अंगदाता तर्फ सतप्रतिशत र मिर्गौला प्रत्यारोपणमा ९८ प्रतिशत सफलता मिलेको बताए ।

स्थापनाकाल देखि नै लामो समय केन्द्रको नेतृत्व सम्हालेका डा श्रेष्ठले प्रत्यारोपणको सफलतामा बरिष्ठ नेफ्रालोजिष्ट डा कल्पना श्रेष्ठ, प्रमुख कन्सल्टेन्ट युरोलोजिष्ट तथा प्रत्यारोपण सर्जन प्रा डा राकेश कुमार बर्मा, एनेस्थेसियोलोजिष्ट डा आरती राई, नि.नर्सिङ्ग निर्देशक कोपिला दाहालको भूमिका महत्वपूर्ण भएको बताए । यस्तै नेफ्रोलोजी विभागबाट डा लुसन सिंह डा ललित कुमार यादव, डा सुरेश महर्जन तथा युरोलोजि टोलीमा, डा विजयमान सिंह कटुवाल, डा विपेश श्रेष्ठ, डा रवि किरण गौतम, डा किरण जंग कुँवर लगायतको चिकित्सकलाई विर्सन नहुने बताए ।

यस्तै एनेस्थेसिया विभागमा डा. निभा श्रेष्ठ, डा रेखा श्रेष्ठ, डा शोभित थापा, डा रश्मीत श्रेष्ठ, डा दिक्षा प्रसाइँ लगायतको टोलिले महत्वपूर्ण भूमिका निर्वाह गरेको जानकारी दिए । निर्देशक डा श्रेष्ठले रेडियोलोजि तर्फ डा कृष्ण बुढाथोकी तथा प्याथोलोजिष्ट डा सविना श्रेष्ठ लगायतको टोली, ट्रान्सप्लान्ट कोअर्डिनेटरहरु शनिसा कार्की, अर्चना बगाले, तारा साँध र सरु कोँजुको महत्वपूर्ण भूमिका रहेको बताए ।

नर्सिङ टोलिबाट वार्ड इन्चार्ज पुजा कोइराला, डाइलाइसिस इन्चार्ज अस्मिता कटुवाल र सुजिता शिवाकोटी, ओटी इन्चार्ज बबिता लबजु, आइ.सी.यु इन्चार्ज अनिता कार्की लगायतको नर्सिङ टोली तथा फिजियोथेरापिष्ट डा गौरव पन्थ, तथा शोनी शिखवालले प्रत्यारोपण सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

उनले केन्द्रको स्थापनाकालमा बरिष्ठ एनेस्थेसियोलोजिष्ट प्राडा ब्रम्हदेव झा तथा तत्कालिन नर्सिङ्ग निर्देशक इन्दिरा प्रधान लगायतको प्राविधिक टोलीको भूमिका समेत स्मरणयोग्य रहेको बताए ।

पछिल्लो दुई महिनामा ३७ जनाको प्रत्यारोपण

सोमबार ८०० औँ मिर्गौला प्रत्यारोपण गर्दै डा श्रेष्ठ नेतृत्वको टोली

यसैबीच पछिल्लो पटक केन्द्रको कार्यकारी निर्देशकमा भएर आएका डा श्रेष्ठले दुई महिनाको अवधीमा ३७ जनाको प्रत्यारोपण गरेका छन् । उनले पछिल्लो ३७ जनाको प्रत्यारोपण सतप्रतिशत सफल रहेको बताए ।

‘यो अवधीमा अझ धेरै गर्न सकिन्थ्यो होला तर दशै तिहारका लामो विदा परेकोले थियो । तर पनि ३७ जनाको मिर्गौला प्रत्यारोपण सफलका साथ सम्पन्न गर्न सक्यौँ ,’ डा श्रेष्ठले भने ।

उनले प्रत्यारोपण गरेका ३७ जनामा २५ जना पुरुष र १२ जना महिला रहेको बताए । उनले प्रत्यारोपण गर्नेहरु प्रदेश १ बाट ८ जना, प्रदेश नं. २ बाट १० जना, बागमती प्रदेशबाट ७ जना, गण्डकी प्रदेशबाट ४ जना, लुम्बिनी प्रदेशबाट ४ जना, कर्णली प्रदेशबाट २ जना र सुदुर पश्चिम प्रदेशबाट २ जना रहेको बताए ।

डा श्रेष्ठले यसबीचमा दुई जना अन्यत्र गरेको प्रत्यारोपण फेल भएका बिरामीको सफलताका साथ प्रत्यारोपण भएको र दुई जना नेपाली बेलायतबाट प्रत्यारोपणका लागि आएर सफलताको साथ प्रत्यारोपण गराएको समेत बताए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *