स्वास्थ्य मन्त्रालयको राष्ट्रिय समिक्षा गोष्ठी ‘भर्चुअल’ माध्यममा हुने

काठमाडौँ, २० मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखा परेसंगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्ना ठूला कार्यक्रमहरु भौतिक उपस्थितिलाई छाडेर भर्च्युअल माध्यममा गर्ने निर्णय गरेको छ ।

मन्त्रालयले भोलि (मंगलबार) देखि भौतिक रुपमा उपस्थित भई गर्ने तयारी गरेको राष्ट्रिय समिक्षा कार्यक्रम भर्चुअल रुपमा गर्ने निर्णय गरेको छ ।

मन्त्रालय सहप्रवक्ता डा समिरकुमार अधिकारीले ओमिक्रोन देखा परेपछिको बदलिदो परिस्थितिलाई आत्मसात गर्दै भोलि देखि गर्ने राष्ट्रिय समिक्षा गोष्ठी भर्चुअल माध्यममा हुने बताए ।

यसअघि मन्त्रालयले पहिलो दिन आइतबार तीनवटा समूह बनाएर राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रमा र दोस्रो र तेस्रो दिन भक्तपुरको बोडेको कृषि तालिम केन्द्रको हलमा गर्ने योजना बनाएको थियो ।

नेपाल भित्रिएका दुई जना विदेशी नागरिकमा ओमिक्रोन भेटिएपछि मन्त्रालयले पूर्व निर्धारित कार्यक्रमलाई जारी राखे पनि भौतिक उपस्थितिमा नगर्ने भएको हो ।

डा अधिकारीले मन्त्रालयकै मिटिङ हलमा कन्ट्रोल रुपको रुपमा प्रयोग गर्ने र सबै सहभागीहरुले जुम लिंकमार्फत आ आफ्नो स्थानबाट सहभागिता जनाउने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *