नेपालमा पनि देखियो कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’

काठमाडौँ, २० मंसिर ।  नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सोमबार पत्रकार सम्मेलन गर्दै दुई जना ब्यक्तिमा ओमिक्रोन भाइरस पुष्टि भएको जानकारी गराएको हो ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार नयाँ भेरियन्ट संक्रमित हुनेमा एक जना ६६ बर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका अर्का एक जना ७१ बर्षीय व्यक्ति हुन् ।

कसरी देखियो संक्रमण ?

डा अधिकारीले संक्रमित भएका ६६ बर्षीय व्यक्ति ओमिक्रोम देखिएको मुलुकबाट गत ३ मंसिरमा हवाईबाटो हुँदै नेपाल छिरेका थिए ।

नेपाल छिर्दा नियमानुसारको पीसीआर रिपोर्ट तथा खोपको मात्रा पुरा गरेको पाइएको थियो । तर, ७ मंसिरमा ६६ वर्षीय ती व्यक्ति र उनीसंग सम्पर्कमा आएका ७१ वर्षका अर्का व्यक्तिमा कोभिड १९संग मिल्दा जुल्दा लक्षण देखिएको थियो ।

त्यसपछि परीक्षण गराउँदा कोभिड पोजेटिभ देखिएको थियो ।

पछि उनीहरु दुवैको नमूना राष्ट्रिय जनस्वाथ्य प्रयोगशाला जीन सिक्वोन्सिङ गर्दा उनीहरुमा नयाँ भेरियन्ट पुष्टि भएको हो ।

डा अधिकारीले उनीहरु दुबै जना सरकारले तोकेको मापदण्ड अनुसार आइसोलेसनमा रही स्वाथ्य लाभ गरेको र उनीहरुमा कुनै लक्षण नदेखिएको बताए । उनले उनीहरुको सम्पर्कमा आएका ६६ जनाको कन्ट्याक्ट ट्रेसिङ गरी पीसीआर परीक्षण गर्दा नतिजा नेगेटिभ आएको र सबै स्वस्थ रहेको समेत सहप्रवक्ता डा अधिकारीले बताए ।

कोरोना भाइरसमा नयाँ उत्परिवर्तित भेरियन्ट ओमिक्रोम पहिलो पटक २४ नोभम्बर २०२१ मा दक्षिण अफ्रिकामा देखिएको थियो । अहिलेसम्म यो भेरियन्ट ३५ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । अहिलेसम्म यी देशहरुमा ५७४ जनामा ओमिक्रोम देखिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *