मेडिकल काउन्सिल मतगणना अपडेट : ६०२० भोट गणना हुँदा कसले पायो कति ?

काठमाडौँ, १३ मंसिर । एक उपाध्यक्ष र आठ जना सदस्य पदका लागि नेपाल मेडिकल काउन्सिलको शनिबार सम्पन्न निर्वाचनको मतगणना अहिले पनि जारी छ । अहिलेसम्म ६ हजार २० भोट गणना भएको छ ।

प्रमुख निर्वाचन अधिकृत डा गणेश राईका अनुसार अहिले उपत्यका बाहिरको मतगणना सकेर उपत्यका भित्रको एक हजार बढी मत गणना भइसकेको छ ।

पछिल्लो परिणाम अनुसार उपाध्यक्ष पदमा डा शिवजी पौडेलले आफ्नो मतान्तर निकटतम प्रतिस्पर्धी देखिएका डा प्रमोदकुमार यादवसंग फराकिलो बनाउँदै गएका छन् । डा पौडेलले ३३४४ भोट ल्याउँदा डा यादवको १५९५ भोट आएको छ । उपाध्यक्षका अर्का डाक्टर डा रामपरीक्षण यादवको ५१७ भोट आएको छ ।

यस्तै सदस्य पदमा अहिलेसम्म सबैभन्दा बढी भोट डा हुलास अग्रवालको आएको छ । उनको भोट ३१२९ आएको छ ।

दोस्रोमा बढी भोट ल्याउने डा तोशिमा कार्की बनेकी छन् । उनको भोट २५४१ आएको छ ।

तेस्रो बढी भोट डा गुरुशरण साहले २३८७ ल्याएका छन् ।

चौथोमा डा कालुसिंह खत्रीको २३२६ भोट, पाँचौँमा डा कुञ्जंग शेर्पाको २०२१ भोट, छैटौमा डा रोहितकुमार मिश्राको १७२५ भोट, सातौँमा डा रुपक विके घिमिरेको १६९४ र आठौँमा डा विश्वराज दवाडी १६८४ भोट आएको छ ।

अब करीव ३ हजार भोट गणना हुन बाँकी छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *