स्वास्थ्यका दशौं तथा एघारौँ तहका आधा दर्जन बढी कर्मचारीको जिम्मेवारी हेरफेर

काठमाडौँ, १२ मंसिर । स्वास्थ्य मन्त्री विरोध खतिवडाले स्वास्थ्यसमूहका एघारौँ तथा दशौँ तहका कर्मचारीहरुको जिम्मेवारी हेरफेर गरेका छन् । आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै उनले जिम्मेवारी हेरफेर गरेका हुन् ।

स्वास्थ्यमन्त्रीका विज्ञ सल्लाहकार डा रमेश ढकालका अनुसार स्वास्थ्य मन्त्रालयको समन्वय महाशाखाको प्रमुखमा प्रसूतिगृह अस्पतालमा निर्देशक रहेकी डा संगिता मिश्रलाई ल्याइएको छ । यसअघि त्यहाँ प्रमुख रहेकी डा रिता जोशीलाई मन्त्रालयमै हाजिर हुने गरी राखिएको छ ।

प्रसूतिगृहमा भने डा अमिरबाबु श्रेष्ठलाई निमित्त निर्देशकको जिम्मेवारी दिइएको छ ।

यस्तै सार्क क्षयरोग केन्द्रमा निर्देशक रहेका डा तारानाथ पोखरेललाई सरुवा गरी स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाको प्रमुख बनाइएको छ । उनको ठाँउ अर्थात सार्क क्षयरोग केन्द्रमा टेकु अस्पतालमा निर्देशक रहेका डा अनुप बास्तोलालाई पठाइएको छ । मन्त्री खतिवडाले टेकु अस्पतालको निर्देशकमा डा मनिषा रावललाई पठाएका छन् ।

यता लामो समय देखि जिम्मेवारी विहीन बनेका डा अनुज भट्टचनलाई एक तह बढुवा गर्दै गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव बनाएर पठाउन सिफारिस गरिएको डा ढकालले बताए ।

काजमा गण्डकी प्रदेशको स्वास्थ्य सचिव बनाइएका शर्मालाई विनोदविन्दु शर्मालाई काज फिर्ता गरी प्रदेश तालिम केन्द्रमै फर्काइएको उनले जानकारी दिए ।

यता स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगर्तको पोषण शाखाको प्रमुख पनि परिवर्तन भएको छ । पोषण शाखाको प्रमुख रहेका केदारराज पराजुलीलाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा पठाइएको छ । उनको ठाँउमा लिला विक्रम थापालाई ल्याइएको जनाइएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *