मेडिकल काउन्सिल निर्वाचन : १५०० मत गणना गर्दा को अगाडी ?

काठमाडौँ, १२ मंसिर ।नेपाल मेडिकल काउन्सिलको शनिबार सम्पन्न निर्वाचनको मतगणना जारी छ । प्रज्ञाभवन कमलादीमा विहान ४ बजे देखि जारी मतगणनामा खसेको मतमध्ये अहिलेसम्म १ हजार ५०० मतको नतिजा सार्वजनिक गरिएको छ ।

सार्वजनिक मत अनुसार अहिले उपाध्यक्ष पदमा डा शिवजी पौडेलले अग्रता कायम गरेका छन् । उनले ६७८ मत प्राप्त गर्दा, डा प्रमोदकुमार यादवले ५६२ मत प्राप्त गरेका छन् । उपाध्यक्षका अर्का उम्मेद्धार डा रामपरीक्षण यादवको भने १७८ मत आएको छ ।

सदस्यमा डा हुलास अग्रवाल सबैभन्दा बढी मत ल्याएर अग्रस्थानमा छन्। उनले ९२९ मत ल्याएका छन्। डा गुरुचरण साह ६९० डा रोहीतकुमार मिश्रले ६४७, डा लवकुमार साहले ६३८ मत प्राप्त गरेका छन् । यसैगरी डा कालुसिंह खत्रीले ५७९ मत र डा तोसीमा कार्कीको ५७० मत आएको छ ।

अरु क कसले कति मत प्राप्त गरे ?

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *