‘तथ्यांक दुरुपयोग’को चर्चा पछि मेडिकल काउन्सिलले बोलाएको आकस्मिक बैठक सकियो, के भयो निर्णय ?

काठमाडौँ, ५ मंसिर ।’तथ्यांक दुरुपयोग’ भएको चर्चा चलेपछि नेपाल मेडिकल काउन्सिलले आजका लागि बोलाएको आकस्मिक बैठक सम्पन्न भएको छ । यद्धपी बैठकले के के निर्णय गर्‍यो भन्ने जानकारी भने दिइएको छैन् ।

काउन्सिल प्रवक्ता समेत रहेका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीले निर्णय ‘पाको गरेर’  मात्रै सार्वजनिक गर्ने तयारी भएको बताए ।

‘बैठकले केही निर्णय गरेको छ । त्यसको विस्तृत विवरण ४८ घण्टापछि विज्ञप्तीद्धारा नै सार्वजनिक गर्नेछौँ । अहिलेलाई भने केही नभन्ने निर्णय भएको छ,’ छोटो प्रतिक्रिया दिदै उनले भने ।

काउन्सिल निर्वाचनमा होमिएका डा कालुसिंह खत्री, डा तोसीमा कार्की लगायतका उम्मेद्धारहरुले एमएमएस मार्फतबाट भोट मागेपछि कतिपय चिकित्सकहरुले आफूले काउन्सिलमा बुझाएको नम्बर दुरुपयोग भएको भन्दै सामाजिक सञ्जालबाट आपत्ति जनाएका थिए । उनीहरुले काउन्सिलका निवर्तमान सदस्य समेत रहेका डा खत्री लगायतले आफूहरुको नम्बर लगायको गोप्य विवरण दुरुपयोग गरेको आरोप लगाएका थिए । सो आरोपपछि काउन्सिलले आकस्मिक बैठक बोलाएको थियो ।

आरोपित डा खत्री र डा कार्कीले आफूहरुले काउन्सिलबाट तथ्यांक दुरुपयोग नगरेको भन्दै विभिन्न अभियानमा जोडिने क्रम र व्यक्तिगत चिनजानको आधारमा १५ हजार बढी चिकित्सकको टेलिफोन आफूहरुसंग रहेको बताउँदै आएका छन् ।

उनीहरुले एसएमएस काण्डलाई आफूहरुविरुद्ध चलाएको चुनावी प्रपोगाण्डाको संज्ञा दिएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *