नेपालमा कोरोनाबाट मृत्यु भएकामध्ये ६० देखि ६९ उमेर समूहका सबैभन्दा बढी

128
Shares

काठमाडौँ, ३० कात्तिक । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु भएका मध्ये ६० देखि ६९ बर्ष उमेर समूहका सबैभन्दा बढी रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जारी गरेको बिबरण अनुसार ६० देखि ६९ वर्षका सबैभन्दा बढी २ हजार ४१२ जनाको मृत्यु भएको छ ।

त्यसैगरी ० देखि ९ बर्षका ४९ जना, १० देखि १९ वर्षका ५६ जना, २० देखि २९ वर्षका ३५८ जना, ३० देखि ३९ वर्षका ९५४ जना, ४० देखि ४९ वर्षका १ हजार ६२८ जना, ५० देखि ५९ वर्षका २ हजार २२३ जना, ७० देखि ७९ वर्षका २ हजार २७२ जना, ८० भन्दा माथिका १ हजार ५३७ जना र अज्ञात १३ जनाले कोरोना संक्रमणमा परि ज्यान गुमाएका छन् ।

त्यस्तै काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा २ हजार २१५, भक्तपुरमा ४३४ र ललितपुरमा ६९२ जना गरी उपत्यकामा मात्रै कुल ३ हजार ३४१ जनाले कोरोना संक्रमणमा परी ज्यान गुमाएका छन् ।

यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४८२ पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *