बाह्रौं तहका लागि नाम सिफारिस गर्न आज अपरान्ह बढुवा समितिको बैठक बस्दै

काठमाडौँ, २९ कात्तिक । स्वास्थ्य सेवा तर्फको प्रमुख विशेषज्ञ (१२औं तह)को पदमा बढुवाका लागि नाम सिफारिस गर्न आज बढुवा समितिको बैठक बस्दैछ । अपरान्ह सवा ४ बजे स्वास्थ्य मन्त्रालयमा बस्ने समितिको बैठकले तीन वटा रिक्त पदका लागि पाँच जनाको नाम सिफारिस गर्ने बताइएको छ ।

प्रमुख विशेषज्ञ पद १२ औँ तहमा बढुवा हुनका लागि २१ जनाले आवेदन दिएका थिए । आवेदन दिनेमा २०७८ असार मसान्तसम्म न्यूनतम पाँच वर्ष सेवा अवधि पूरा भएका ११औं तहका अधिकृत कर्मचारीहरु थिए ।

यसअघि १६ र १७ कात्तिकमा पनि समितिको बैठक बसेको थियो । तर त्यसबेला प्राथमिकता निर्धारणका लागि अंक गणना गर्न बाँकी रहेकोले बैठकले सम्भावित कर्मचारीको नाम सिफारिस गर्न सकेको थिएन।

समितिका एक जना सदस्यले भने, ‘अहिले बढुवाका लागि आवेदन दिएका सबै २१ जनाको बरिष्ठता क्रम, कार्यदक्षता, योग्यता तथा अन्य अंकभार सहितको विवरण आइसकेको छ । आजको बैठकमा समितिका सदस्यहरुले त्यसलाई हेरेर आवश्यक निर्णय लिने काम हुन्छ होला ।’

बढुवा समितिमा लोकसेवा आयोगका पदाधिकारी, मुख्य सचिव, कानुन सचिव, स्वास्थ्य सचिव रहने व्यवस्था छ ।

अहिले १२ औँ तहको पद मन्त्रालयमा दुईवटा र वीर अस्पतालमा एउटा रिक्त रहेको छ ।

यी हुन् १२ औँ तहका लागि दावी पेश गर्नेहरु :

१. डा भीमसिंह तिंकरी (निर्देशक व्यवस्थापन महाशाखा, स्वास्थ्य सेवा विभाग)
२. डा गुणराज लोहनी (प्रमुख नीति योजना तथा अनुगमन महाशाखा स्वास्थ्य मन्त्रालय)
३. डा तारानाथ पोखरेल (निर्देशक सार्क टीबी एड्स नियन्त्रण केन्द्र)
४. सुनिलराज शर्मा, (निर्देशक राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र)
५.डा कृष्ण प्रसाद पौडेल, (निर्देशक इपीडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखा स्वास्थ्य सेवा विभाग)
६. डा. वासुदेव जनार्दन प्रसाद उपाध्याय (निर्देशक आयुर्वेद विभाग)
७. डा. सुधा देवकोटा (निर्देशक राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र)
८. डा. संजय कुमार ठाकुर (जनरल फिजिसियन वीर अस्पताल)
९. डा. श्याम सुन्दर यादव (सर्जन भेरी अस्पताल)
१०. डा. विकास देवकोटा (स्वास्थ्य सचिव लुम्बिनी प्रदेश)

११. डा. दिपक थापा मगर, (सर्जन वीर अस्पताल)
१२. डा श्रीकृष्ण श्रेष्ठ, ( बाल रोग विशेषज्ञ पश्चिमाञ्चल क्षेत्रीय अस्पताल)

१३. डा. संगीता कौशल मिश्रा (निर्देशक परोपकार प्रसूति अस्पताल)
१४. डा. आमिर बाबू श्रेष्ठ (एनेस्थेसियोलोजिष्ट परोपकार प्रसूति गृह)
१५. डा. रघुनन्दन ब्याजु (कन्सल्ट्यान्ट भरतपुर आँखा अस्पताल)
१६. डा. टंक प्रसाद बाराकोटी (मेडिकल सुपरिटेन्डेन्ट मेची अञ्चल अस्पताल)
१७. डा. प्रभा चापागाईं कोइराला, (वीर अस्पताल)
१८. गोमा देवी निरौला, (निर्देशक नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा)
१९.डा. शैली प्रधान (वीर अस्पताल)
२ं०. डा. राम पद्मारथ विच्छा (महानिर्देशक स्वास्थ्य सेवा विभाग)
२१. डा सुदेश सुवेदी (कोशी अस्पताल बिराटनगर)

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *