डाक्टरहरु सरकारी डिउटी सकेपछि निजीमा काम गर्न स्वतन्त्र छन् : स्वास्थ्य मन्त्री खतिवडा

काठमाडौँ, २७ कात्तिक । स्वास्थ्य मन्त्री विरोध खतिवडाले सरकारी डाक्टरले आफ्नो डिउटी पुरा गरेपछि निजीमा काम गर्न स्वतन्त्र भएको बताएका छन् ।

शनिबार विहान नेपाली रेडियो नेटवर्कको नेपाली वहस कार्यक्रममा पत्रकारसंग कुराकानी गर्ने क्रममा उनले सो कुरा बताएका हुन् ।

‘सरकारी अस्पतालका डाक्टर निजी अस्पतालमा गए, दोहोरो डिउटी गरे भन्ने आम गुनासो छ नि,’ भन्ने प्रश्नको जवाफ दिने क्रममा मन्त्री खतिवडाले भने, ‘यो बारम्बार उठेका विषय हो । सरकारी सेवामा रहेका डाक्टरले आफ्नो डिउटी समयमा सरकारी सेवामा नै काम गर्नुपर्छ । जुन अवधी उहाँलाई डिउटी तोकिएको छ त्यो अवधी सरकारी अस्पतालमा नै सेवा गर्नुपर्छ । त्यो भन्दा बेगरेको उहाँको निजी जीवनमा आफ्नो काम जे पनि गर्न सक्नुहुन्छ ।’

मन्त्री खतिवडालाई त्यसो भए निजी अस्पतालमा सरकारी डाक्टरले काम गरे सरकारलाई आपत्ति छैन ? भनेर सोधिएको प्रश्नमा उनले भने, ‘आफ्नो डिउटी पुरा गरेर घर आएपछि तपाई आफ्नो तरकारी खेति गर्नुहुन्छ कि चिया खानु हुन्छ कि सिनेमा हेर्न जानु हुन्छ कि त्यो व्यक्तिगत कुरा हो, डाक्टरहरुको पनि त्यहि हो । व्यक्तिलाई यो गर यो नगर भनेर उसको अधिकार खोस्ने अधिकार कसैलाई छ र ?’

सरकारी चिकित्सक सरकारी अस्पतालमा भन्दा निजी अस्पताललाई बढी प्राथमिकता राखे भन्दै यसअघि ‘वान डाक्टर वान हेल्थ इन्स्टिच्युसन’को अवधारणा अघि बढाइएको थियो ।

अघिल्लो सरकारको पालामा राष्ट्रिय ट्रमा सेन्टरले यो व्यवस्था लागू गर्ने सुरुवात समेत गरेको थियो । त्यस्तै स्वास्थ्य मन्त्रालयले यसअघि नै सरकारी अस्पतालका प्रमुखलाई निजी अस्पतालमा काम गर्न नपाइने व्यवस्था लागू गरेको थियो ।

स्वास्थ्य मन्त्री खतिवडाको अभिव्यक्तिले भने निजी अस्पतालमा काम गर्न मनपराएका डाक्टरहरुलाई धेरै राहत दिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *