‘स्वास्थ्य मन्त्रीको कदम’को विरोधमा प्रतिष्ठानका कर्मचारी आन्दोलित, प्रजिअ मार्फत पठाए ध्यानकर्षण पत्र

जुम्ला, २५ कात्तिक ।  उपकुलपति डा मंंगल रावल र रजिष्ट्रार नृपेन्द्र महतलाई दैनिक काम काज गर्न रोक लगाएको विरोधमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका १६८ जना कर्मचारीहरुले विहीबार जिल्ला प्रशासन कार्यलय जुम्लामा ध्यानाकर्षण पत्र बुझाएका छन्।

उनीहरुले पत्रमा मंगलबार स्वास्थ्य मन्त्रीले लिएको निर्णय फिर्ता लिई डा रावल र महतलाई निर्वाध रुपमा काम गर्न दिनुपर्ने माग गरेका छन् ।

प्रमुख जिल्ला अधिकरी विजया कुमारी प्रसाईलाई बुझाएको पत्रमा कर्मचारीले प्रतिष्ठानमाथि भएको सरकारको अनावश्यक हस्तक्षेप भएको भन्दै त्यसलाई तत्काल रोक्नुपर्ने माग समेत राखेका छन्।

प्रतिष्ठानका कर्मचारीले सरकारको उक्त कदमलाई गैर जिम्मेवारीपूर्ण हस्तक्षेप भन्दै भत्सर्ना गरेका छन्। उनीहरुले प्रतिष्ठानमाथिको हस्तक्षेप नरोके आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्।

सर्बोच्चको विचाराधिन मुद्धालाई देखाइ स्वास्थ्य मन्त्री विरोध खतिवडाले गत मंगलबार डा रावल र महतसहितको टिमलाई काम काज गर्न रोक लगाउने निर्णय गरेका थिए ।

उनले आजै शिक्षाध्यक्ष डा निरेश थापालाई आर्थिक तथा प्रशासनिक अधिकार सहित प्रतिष्ठानको निमित्त उपकुलपति बनाएका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *