आइतबारबाट फाइजर खोप दिईदै, कस्ता व्यक्तिले पाउने ? कहाँ गएर लगाउने ?

काठमाडौँ, २४ कात्तिक । सरकारले आगामी २८ कात्तिक  (आइतबार) देखि कोभिडविरुद्धको फाइजर खोप लगाउन सुरु गर्दैछ । कोभ्याक्स सुविधा अन्तरगर्त अमेरिकाले उपलव्ध गराएको १ लाख डोज खोप १२ बर्ष माथिका दीर्घरोगीहरुलाई दिईने भएको हो ।

अभियानको अन्तमा खोप बाँकी रहेमा १२ देखि १७ बर्ष उमेर समूहका अन्य व्यक्तिलाई पनि दिइने बताएको छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार २८ कात्तिक देखि ४ मंसिरसम्म तोकिएका दीर्घरोगीहरुको लागि र ५ मंसिर देखि ७ मंसिरसम्म १२ देखि १७ वर्ष उमेर समूहका अन्य व्यक्तिलाई पहिलो मात्रा खोप दिने योजना तय भएको छ । चार साताको अन्तरमा दिईने यो खोपको दोस्रो मात्रा भने २७ मंसिर देखि २ पुस सम्मका लागि तय गरिएको छ ।

खोप लिनका लागि दीर्घ रोगी भएका व्यक्तिले अस्पताल वा चिकित्सकले जारी गरेको रोगको उपचार सम्वन्धी पूर्जा र अन्य व्यक्तिको लागि उमेर खुल्ने प्रमाणपत्र र दोस्रो मात्राको लागि पहिलो मात्रा लिइएको खोप कार्ड अनिवार्य चाहिने भनेको छ ।

खोप लगाउनका लागि काठमाडौँ उपत्यकामा ८ वटा र उपत्यका बाहिर १६ वटा अस्पताललाई खोप केन्द्र तोकिएको छ ।

नेपालमा हालसम्म कोभिडविरुद्ध कोभिसिल्ड, भेरोसेल, एस्ट्राजेनेका, जेन्सन खोप लिइएको छ । यो खोप सबै १८ बर्ष उमेर माथिका समूहलाई दिइएको हो ।

कस्ता व्यक्तिलाई दिईदै छ फाइजर खोप ?

यो खोप १२ बर्ष माथिका निम्न अनुसार दीर्घ रोग भएका बिरामीहरुलाई दिईदै छ ।
१. लामो समयदेखि मुटुको बिरामी भई अपरेसन गरेका वा औषधि प्रयोग गरिरहेका व्यक्ति
२. लामो समयदेखि मिर्गौलाको समस्या भई, मिर्गौला फेरेका, डाईलासिस गराईरहेका, औषधि सेवन गरिरहेका बिरामी
३. जुनसुकै प्रकारको क्यान्सरको पहिचान भई अप्रेसन गरेका तथा उपचारमा रहेका बिरामी
४. लामो समय देखि छातीको समस्या भई चिकित्सकको पूर्जा बमोजिम आौषधि खाईरहेका बिरामी
५. अंगप्रत्यारोपण गरेको व्यक्ति
६. लामो समय देखि कडा खालको उच्च रक्तचाप र मधमेह भई चिकित्सकको निगरानीमा उपचार गराईरहेको बिरामी
७. कुनै पनि कारणबाट रोग प्रतिरोधात्मक क्षमता कम भएको अवस्थाको व्यक्ति
८. कुनै पनि कारणबाट रोग प्रतिरोधात्मक क्षमता कम भएको अवस्थाको व्यक्ति
९. मस्तिस्क र मस्तिष्कका रक्तनली सम्वन्धी रोग – पक्षघात, एन्युरिजम, रक्तनलीमा भएका विकृत्ति, आदी ) लागेको बिरामी
१०. खोप बचत भएमा अभियानको अन्तरमा १२ देखि १७ बर्षसम्मका अन्य व्यक्ति ।

खोप केन्द्रहरु :

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *