भारतले बनाएको कोभिडविरुद्धको खोप ‘कोभ्याक्सिन’लाई डव्लुएचओले दियो आपतकालीन प्रयोगको अनुमति

काठमाडौँ, १८ कात्तिक । भारतले बनाएको कोभिडविरुद्धको खोप कोभ्याक्सिनलाई विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)ले आपतकालीन प्रयोगको अनुमति दिएको छ । भारत बायोन्टेकले बनाएको यो खोपलाई डव्लुएचओले बुधबार आपतकालिन प्रयोगका लागि अनुमति दिएको हो ।

यसअघि भारतकै सिरम इन्स्टिच्युट अफ इन्डियाले बनाएको कोभिसिल्ड खोपले आपतकालीन प्रयोगको अनुमति पाइसकेको छ ।

डव्लुएचओले बुधबार अनुमति दिएसंगै कोभ्याक्सिन पनि कोभ्याक्स सुविधा अन्तरगर्त वितरण हुने खोपहरुको समूहमा सूचीकृत भएको छ ।

यो खोपलाई नेपालले भने गत चैतको पहिलो साता नै आपतकालीन प्रयोगको अनुमति दिईसकेको छ । त्यसबेला यो खोप निजी क्षेत्रले दुई साता भित्रै ल्याउने दावी गरेको थियो । तर खोप नेपालमा अहिलेसम्म आउन सकेको छैन् ।

कोभ्याक्सिन कस्तो खोप हो ?
डव्लुएचओले यो खोपलाई कोभिडविरुद्ध ७८ प्रतिशत प्रभावकारी भएको बताएको छ । यस्तै यो खोप १८ वर्ष माथिका सबै व्यक्तिले लिन सक्नेछन् । दुई डोज लगाउन पर्ने यो खोप पहिलो डोज लगाएको ४ सातामा दोस्रो डोज लगाउन सिफारिस गरिएको छ । डव्लुएचओले २ देखि ८ डिग्रीको तापक्रममा भण्डारण गर्न मिल्ने यो खोप न्युन आय भएका देशका लागि एकदमै प्रभावकारी हुने बताएको छ ।

खोप एक डोजको भाइल र ५, १० र २० डोजको भाइलमा उपलव्ध भएको समेत भारत बायोन्टेकले जानकारी दिएको छ ।

कोभ्याक्सिनलाई डव्लुएचओले मान्यता दिनु अघि नै सेन्ट्रल ड्रग्स स्टेन्डर्ड कन्ट्रोल अर्गनाइजेसनले यसको म्याद गुज्रने अवधी ६ महिनाबाट बढाएर १ बर्ष पुर्याएको छ ।

भारत बायोन्टेक २४ बर्ष पुरानो कम्पनी हो । यसले अहिलेसम्म १६ प्रकारका बिरामी बचाउनका लागि खोप बनाउने गरेको छ । यो खोप १२३ देशमा निर्यात हुने गर्दछ ।

भारतमा यो खोप २ बर्ष देखि माथिका बालबालिकाहरुको लागि पनि ट्रायल गरिदैछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *