चीनद्धारा १६ लाख अनुदानको खोप हस्तान्तरण, थप ३० लाख डोज अनुदानमा दिने घोषणा

काठमाडौँ, १७ कात्तिक । चीनले अनुदान स्वरुप उपलव्ध गराएको १६ लाख डोज कोभिडविरुद्धको खोप भेरोसेल नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई खोप हस्तान्तरण गरेकी हुन् ।

यो संंगै नेपालले चीनबाट ३४ लाख डोज भेरोसेल अनुदानमा भित्र्याएको छ । यसअघि चीनले गत १६ चैतमा ८ लाख डोज र १२ जेठमा १० लाख डोज भेरोसेल खोप नेपाललाई अनुदान सहयोगमा पठाइसकेको थियो ।

त्यसो चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई ३ लाख डोज भेरोसेल खोप अनुदान सहयोगमा पठाउँदै छ । सो खोप पर्सी (१९ कात्तिक)का दिन काठमाडौँ आइपुग्ने बताइएको छ । यो सहित चीनबाट अनुदानको खोप परिमाण जोड गर्दा ३७ लाख डोज पुग्नेछ ।

खोप हस्तान्तरण समारोहमा बोल्ने क्रममा राजदूत यान्छीले कोभिड विरुद्धको नेपालको अभियानलाई चीन सरकार र चिनियाँ जनताको सधै साथ सहयोग हुने बताइन । उनले यसअघि पनि चीनले कोभिडविरुद्धको पहिलो र दोस्रो वेव खोप वाहेकका अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान उपलव्ध गराएको स्मरण गरिन ।

चीनबाट थप ३० लाख डोज साइनोभ्याक खोप अनुदानमा आउन सक्ने


खोप हस्तान्तरण कार्यक्रममा बोल्ने क्रममा राजदूत यान्छीले नेपालाई थप ३० लाख कोभिडविरुद्धको खोप अनुदानमा उपलव्ध गराउने विषयमा तयारी भइरहेको बताइन । उनले भनिन, ‘थप ३० लाख अनुदान सहयोग दिने भन्ने विषयमा प्रक्रिया अघि बढेको छ । आशा गरौँ नेपालले सो खोप छिटै पाउनेछ ।’

अहिलेसम्म नेपालमा साइनोफार्म कम्पनीको उत्पादन भेरोसेल खोप मात्रै आएको छ । तर अब चीनले अनुदानमा दिने भनेको अर्को कम्पनीको खोप साइनोभ्याक हो ।

राजदूत यान्छीले नेपालमा अहिलेसम्म चीनबाट डेढ करोड खोप आएको बताइन । ‘केही अनुदान, केही खरीद, केही कोभ्याक्स सुविधा र केही कोभ्याक्स सेयरिङ कष्टमा आएका छन् । तर चिनियाँ खोप डेढ करोड मात्रा आइसकेको छ,’ उनले भनिन् ।

स्वास्थ्य मन्त्री खतिवडाले कोभिड महामारी नियन्त्रणका लागि चीन सरकारले नेपाल सरकारलाई निरन्तर सहयोग गरेको धन्यवाद दिए । उनले कोभ्याक्स कष्ट सेयरिङको ५९ लाख डोज खोप मध्ये १० लाख २० हजार डोज खोप आईसकेको र बाँकी आउने क्रममा रहेको बताए उनले । उनले चीनबाट थप खोप खरीदका लागि कोभ्याक्स कस्ट सेयरिङ अन्तरगर्त थप खोप खरीदका लागि कोभ्याक्समा निवेदन हालेको समेत जानकारी दिए ।

कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेलले कोभिड महामारीका बेलामा चीनले गरेको सहयोग स्मरणीय छ भन्दै अहिले खोपमा गरेको सहयोगको समेत प्रशंसा गरे । उनले चीनबाट थप ३० लाख डोज खोप अनुदानमै उपलव्ध गराउने विषयमा छलफल अघि बढेको भन्दै यसले नेपालको खोप अभियानलाई ठूलो टेवा पु¥याउने विश्वास व्यक्त गरे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *