तिहारमा काठमाडौँ बाहिरिने यात्रुका लागि मुख्य नाकाको चार वटा चोकमा खोप सुविधा

बल्खु चोकमा यात्रुहरुलाई खोभिडविरुद्धको खोप दिदै स्वास्थ्यकर्मीहरु

काठमाडौँ, १६ कात्तिक । सरकारले तिहारमा काठमाडौँबाट स्थलमार्ग हुँदै बाहिरिने यात्रुका लागि मुख्य नाकाका चोकमा कोभिडविरुद्धको खोप लगाउने सुविधा दिएको छ ।

स्वास्थ्य मन्त्री विरोध खतिवडाको निर्देशन पछि स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले गोंगवुको नयाँ बसपार्क, कलंकी चोक, कोटेश्वर चोक र बल्खु चोकमा यात्रुहरुलाई खोप लगाउने सुविधा मिलाएको हो ।

मन्त्री खतिवडाले कोभिडको जोखिम न्युनिकरण गर्ने अभियान अन्तरगर्त आम सर्वसाधारणलाई खोपको पहुँच सहज गराउने र तिहारमा गाँउमा जाँदा हुने जोखिम कम गर्नका लागि यस्तो यो अभियान सुरु गरिएको बताए ।

स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख सागर दाहालले उपत्यकाबाट बाहिरिने यात्रुका लागि लक्षित गरी आज र भोलिका लागि चोक चोकमा खोप सेवा उपलव्ध गराईएको जानकारी दिए । उनले यात्रुहरुलाई भेरोसेल र एस्ट्राजेनेका खोप लगाईदिएको बताए ।

‘हामीले तिहारको अवसरमा काठमाडौँबाट घर फर्कने यात्रुका लागि विहान साढे ७ बजे देखि चारवटा चोकमा खोप लगाउने व्यवस्था मिलाएका छौँ, यो सेवा अपरान्ह ४ बजेसम्म जारी रहन्छ ।  इच्छुक यात्रुहरुले पहिलो डोज वा दोस्रो डोज, भेरोसेल वा एस्ट्राजेनेका खोप लगाउन सक्नुहुनेछ,’ उनले भने ।

यात्रुहरुलाई खोप लगाउन महाशाखाले प्रत्येक बुथमा चार चार जनाका दरले १६ जना भ्याक्सिनेटर र १० जनाका दरले ४० जना भोलेन्टियर खटाएको बताए ।

खोप शाखा प्रमुख दाहालले खोप लगाउन यात्रुहरुले आधिकारिक परिचयपत्र, नागरिकता, मतदाता परिचयपत्र, पासपोर्ट, वा पहिलो खोप लगाईसकेको भए दोस्रो पटक लगाउन खोप कार्ड लिएर जान सक्ने बताए ।

तस्बिर सौजन्य : शान्तराम बिडारी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *