कोभिड-१९ विरुद्ध दामियन फाउन्डेशनको अभियान : अस्पताल तथा बिरामीलाई १ करोड ४० लाखको स्वास्थ्य सामग्री प्रदान

काठमाडौँ, १२ कात्तिक । कोभिड महामारीविरुद्धको अभियानमा सहयोग गर्दै आइरहेको संस्था दामियन फाउन्डेशनले पछिल्लो एक सातामा अस्पताल, सामाजिक संस्था तथा क्षयरोग तथा कुष्ठरोगका बिरामीहरुलाई गरी १ करोड ४० लाख बढीको स्वास्थ्य सामग्री वितरण गरेको छ ।

फाउन्डेशनले बागमती लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न १० वटा जिल्लाका स्वास्थ्य संस्था तथा त्यस क्षेत्रका क्षय कुष्ठ रोगका विरामीहरुलाई स्वास्थ्य सामग्री वितरण गरकेो हो ।

फाउन्डेशनका देशीय प्रतिनिधि डा सुशील कोइरालाले गत साता देखि सुरु भएको अभियानमा विरामीको लागि मोनिटर, पीपीई अक्सिजन कन्सनट्रेटर, मास्क, ग्लोव्स, साबुन, स्यानिटाजर, अक्सिमिटर तथा डिग्नीटी किट लगायतका स्वास्थ्य सामग्री वितरण गरिएको बताए ।

उनले बागमतीमा चितवनको भरतपुर अस्पताल देखि सुरु भएको सहयोग सुदूरपश्चिमका डडेल्धुरास्थित डडेल्धुरा अस्पताल पुगेर टुंगिएको बताए । उनले खासगरी अस्पतालमा उपचारका लागि आवश्यक पर्ने सामग्री तथा बिरामीका लागि दैनिक प्रयोग हुने सामग्रीहरु उपलव्ध गराईएको जानकारी दिए ।

कुन कुन अस्पतालमा दिईयो सामग्री ?


डा कोइरालाका अनुसार चितवनको भरतपुर अस्पताल, नवलपुरको मध्यविन्दु जिल्ला अस्पताल, पश्चिम नवलपरासीको चिसापानी अस्पताल बर्दघाट, पृथ्वीचन्द्र अस्पताल परासी, लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, भीम अस्पताल भैरहवा, सिद्धार्थ चिल्ड्रेन आम्दा अस्पताल बुटवल, नयाँ जिवनका लागि हातेमालो भन्ने कुष्ठरोगमा काम गर्ने गैरसरकारी संस्था, कपिलवस्तु जिल्ला अस्पताल रहेका छन् ।

यस्तै नेपालगञ्जमा भेरी अस्पताल, टीवी नेपाल नेपालगञ्ज, बर्दिया जिल्ला अस्पताल गुलरिया, लक्ष्मीनारायण क्षयरोग उपचार तथा अनुसन्धान केन्द्र कैलाली, सेती अस्पताल धनगढी, महाकाली अस्पताल कञ्चनपुर, धरमपुर शहरी स्वास्थ्य क्लिनिक कञ्चनपुर, बेदकोट नगरपालिका, डडेल्धुरा अस्पताल, आईएएनएफ बाँके, सुशील कोइराला क्यान्सर अस्पताल बाँकेमा सामग्री वितरण गरिएको छ ।

के के सामग्री बाँढियो ?

दामियन फाउन्डेशनका अनुसार वितरण गरिएका स्वास्थ्य सामग्रीहरुमा प्यासेन्ट मोनिटर ४७ वटा, पीपीई १९३४ वटा, अक्सिन कन्सन्टेटर १० लिटरको १४ वटा र ५ लिटरको १३ वटा वितरण गरिएको छ । यस्तै डिग्नीटी किट ९३० वटा, ग्लोब्स २० हजार ४ सयवटा, सेनिटाइजर ५ सय एमएलको १३४० वटा, सावुन ७ हजार १२० वटा वितरण गरिएको छ ।

यस्तै सीपीएपी मास्क ८८, सर्जिकल मास्क ८८०००, पल्स अक्सिमिटर ५६, रेडकलर फेवरिक व्याग, २७८० वटा वितरण गरिएको समेत डा कोइरालाले जानकारी दिए ।

फाउन्डेशनले नवलपुर र डडेल्धुरामा क्षय कुष्ठ रोगका विरामीका लागि बनाइएको भवनमा कोभिडको समयमा आइसोलेसन सेन्टरको रुपमा प्रयोग गरिएको बताएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *