लुम्बिनी प्रदेशमा बर्दिया अस्पताल लगातार दोस्रो बर्ष प्रथम

296
Shares

बुटवल, १२ कात्तिक । प्रदेशका अरु १२ वटा अस्पताललाई पछि पार्दै बर्दिया अस्पताल यसबर्ष पनि प्रथम भएको छ । आर्थिक वर्ष २०७७ ७८ को न्युनतम सेवा मापदण्ड र सम्पादित कार्य प्रगति मुल्यांकनको आधारमा बर्दिया अस्पताल यसवर्ष पनि प्रथम भएको हो । गतवर्ष पनि यो अस्पताल प्रथम भएको थियो ।

विहीबार सम्पन्न प्रदेश समिक्षा गोष्ठीमा लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्दजित थारु, प्रदेश स्वास्थ्य सचिव डा विकास देवकोटा र प्रदेश स्वास्थ्य निर्देशक डा विनोदकुमार गिरीले अस्पतालका मेडिकल सुपरीटेन्डेन डा सुवास पाण्डेलाई सम्मान गरे ।

डा पाण्डेले अस्पतालको सेवा सुधारका लागि सम्मानले थप हौसला दिएको बताए ।

यसपटक कपिलवस्तु अस्पताल दोस्रो, राप्ती प्रादेशिक अस्पताल तेस्रो भएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *