देउवाको गल्ती बिरोधले सच्याउँदे, स्वास्थ्य विभागको नेतृत्व गर्न पुन: डा. दिपेन्द्रलाई पठाउँदै

काठमाडौँ, ६ कात्तिक । स्वास्थ्य सेवा विभागको महानिर्देशक पुन: डा. दिपेन्द्ररमण सिंह बन्ने भएका छन् । विभागका निमित्त महानिर्देशक डा. आरपी विच्छाको ६० बर्षे अवधी पुरा भएकै दिन आइतबारबाट नै डा. सिंहलाई विभागको जिम्मेवारी दिन लागिएको स्वास्थ्य मन्त्रालयको उच्चस्रोतले जनाएको छ ।

डा. सिंहलाई तत्कालिन अवस्थामा स्वास्थ्य मन्त्रीको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले गत १९ साउनमा मन्त्रीस्तरीय निर्णय गर्दै जिम्मेवारीबाट हटाएका थिए । बाह्रौँ तहको पदमा बाह्रौं तहका तत्कालिन महानिर्देशक डा सिंहलाई हटाएर एघारौँ तहका डा विच्छालाई विभाग पठाउने निर्णय सर्वत्र आलोचित भएको थियो ।

पछिल्लो पटक स्वास्थ्य मन्त्री विरोध खतिवडा बनेपछि अढाई महिना अघि प्रधानमन्त्रीले गरेको गल्तीलाई सच्याउन लागेका हुन् ।

‘सरकार परिवर्तन पछि आफ्नो अनुकुलको टिम बनाउन जसले पनि खोच्छ, तर विभागको महानिर्देशकबाट डा सिंहलाई हटाएर डा बिच्चालाई लैजाने निर्णय निकै नै लज्जास्पद र हास्यास्पद थियो । यी दुईबीच कुनै पनि हिसावले तुलना हुनै सक्दैनथ्यो । यसलाई सच्याउने निर्णय अहिले भएको हो भने राम्रो भयो,’ स्वास्थ्यका एक जना पूर्व सचिवले टिप्पणी गरे ।

केही दिन अघि मात्रै स्वास्थ्य मन्त्री खतिवडाले डा सिंहलाई विभागको नेतृत्व सम्हाल्न तयार हुनुस भनेर भनिसकेका थिए । डा सिंहले मन्त्री समक्ष दिएको जिम्मेवारी इमान्दारीपूर्वक सम्हाल्ने बताएका थिए ।

आइतबारबाट अनिवार्य अवकाश पाउने भनिए पनि डा बिच्छाको कार्यकाल दुई बर्ष थपिएको बताइएको छ । तीन साता अघि बसेको मन्त्रिपरिषदको बैठकले उनको अवकाश हुने मिति दुई बर्ष लम्व्याइएको बताइएको हो ।

तर, यसरी पदावधी थपिएको व्यक्तिले कार्यकारी पदमा बस्न नमिल्ने भएकोले विभागको महानिर्देशकमा डा सिंहलाई पठाउन लागिएको मन्त्रालय उच्च स्रोतले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *