माओवादी केन्द्रको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुखमा कल्पना धमला

काठमाडौँ, ४ कात्तिक । नेकपा माओवादी केन्द्रले पार्टीको स्वास्थ्य तथा जनसंख्या विभागको प्रमुखको जिम्मेवारी कल्पना धमलालाई दिएको छ । उनी डा बाबुराम भट्टराई नेतृत्वको सरकारका पालामा विज्ञान प्रविधि मन्त्री बनेकी थिईन ।

तत्कालिन अवस्थामा डा बाबुराम भट्टराई माओवादी केन्द्रबाट अलग भई नयाँ शक्ति पार्टी खोल्दा धमला भट्टराई नेतृत्वकै पार्टीमा लागेकी थिईन । तर नयाँ शक्ति पार्टी संघीय समाजवादी फोरमसंग मिसिएपछि उनी तत्कालिन नेकपामा प्रवेश गरेकी हुन् ।

पछि सर्बोच्च अदालतले नेकपाबाट एमाले र माओवादीलाई अलग गरिदिएपछि धमला माओवादी तर्फ लागेकी थिईन ।

पार्टीको बिहीबार बसेको स्थायी कमिटि बैठकले ३३ वटा केन्द्रीय विभागलाई पूर्णता दिँदै विभागका प्रमुखहरू तोकेको हो । बैठकले बढीमा ३५ सदस्य रहने गरी विभागहरू गठन गरेको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *