स्वास्थ्य सेवाको १२ औँ तहमा बढुवा हुन २१ जनाको आवेदन (सूची सहित)
 काठमाडौँ, १ कात्तिक । स्वास्थ्य सेवातर्फ रिक्त रहेको १२औँ तह प्रमुख विशेषज्ञ पदमा बढुवा हुन २१ जनाले आवेदन दिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ औँ तहको रिक्त तीनवटा पदमा बढुवा गर्न असार मसान्तसम्म कम्तिमा ५ वर्ष सेवा अवधि पूरा भएका ११औँ तहका अधिकृत कर्मचारीहरुले आवेदन गर्न सक्ने भन्दै सूचना जारी गरेको थियो ।
काठमाडौँ, १ कात्तिक । स्वास्थ्य सेवातर्फ रिक्त रहेको १२औँ तह प्रमुख विशेषज्ञ पदमा बढुवा हुन २१ जनाले आवेदन दिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ औँ तहको रिक्त तीनवटा पदमा बढुवा गर्न असार मसान्तसम्म कम्तिमा ५ वर्ष सेवा अवधि पूरा भएका ११औँ तहका अधिकृत कर्मचारीहरुले आवेदन गर्न सक्ने भन्दै सूचना जारी गरेको थियो ।
सो आवेदन गर्नका लागि २४ असोजसम्म दिन तोकिएको थियो । मन्त्रालयले सो अवधी भित्र २१ जनाको आवेदन परेको जनाएको छ ।
क – कसको पर्यो आवेदन ?
 १. डा भीमसिंह तिंकरी (निर्देशक व्यवस्थापन महाशाखा, स्वास्थ्य सेवा विभाग)
 २. डा गुणराज लोहनी (प्रमुख नीति योजना तथा अनुगमन महाशाखा स्वास्थ्य मन्त्रालय)
 ३. डा तारानाथ पोखरेल (निर्देशक सार्क टीबी एड्स नियन्त्रण केन्द्र)
 ४. सुनिलराज शर्मा, (निर्देशक राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र)
 ५.डा कृष्ण प्रसाद पौडेल, (निर्देशक इपीडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखा स्वास्थ्य सेवा विभाग)
 ६. डा. वासुदेव जनार्दन प्रसाद उपाध्याय (निर्देशक आयुर्वेद विभाग)
 ७. डा. सुधा देवकोटा (निर्देशक राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र)
 ८. डा. संजय कुमार ठाकुर (जनरल फिजिसियन वीर अस्पताल)
 ९. डा. श्याम सुन्दर यादव (सर्जन भेरी अस्पताल)
 १०. डा. विकास देवकोटा (स्वास्थ्य सचिव लुम्बिनी प्रदेश)
११. डा. दिपक थापा मगर, (सर्जन वीर अस्पताल)
 १२. डा श्रीकृष्ण श्रेष्ठ, ( बाल रोग विशेषज्ञ पश्चिमाञ्चल क्षेत्रीय अस्पताल)
१३. डा. संगीता कौशल मिश्रा (निर्देशक परोपकार प्रसूति अस्पताल)
 १४. डा. आमिर बाबू श्रेष्ठ (एनेस्थेसियोलोजिष्ट परोपकार प्रसूति गृह)
 १५. डा. रघुनन्दन ब्याजु (कन्सल्ट्यान्ट भरतपुर आँखा अस्पताल)
 १६. डा. टंक प्रसाद बाराकोटी (मेडिकल सुपरिटेन्डेन्ट मेची अञ्चल अस्पताल)
 १७. डा. प्रभा चापागाईं कोइराला, (वीर अस्पताल)
 १८. गोमा देवी निरौला, (निर्देशक नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा)
 १९.डा. शैली प्रधान (वीर अस्पताल)
 २ं०. डा. राम पद्मारथ विच्छा (महानिर्देशक स्वास्थ्य सेवा विभाग)
 २१. डा सुदेश सुवेदी (कोशी अस्पताल बिराटनगर)
सम्पर्क इमेल : [email protected]


 नेपाली हेल्थ
नेपाली हेल्थ 

 
  
  
  
  
  
  
  
  
  
  
  
  
  
  
 